प्रेमकथानक सिनेमाका लागि संगीत निर्माण जुटे निर्देशक ऋषि न्यौपाने

प्रेमकथानक सिनेमाका लागि संगीत निर्माण जुटे निर्देशक ऋषि न्यौपाने

द सिनेमा टाइम्स
112
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ऋषि न्यौपानेले आफ्नो निर्देशनमा निर्माण गर्न लागेको नयाँ सिनेमाको संगीत निर्माणमा जुटेका छन् । एकसाथ दुई स्कृप्टमा काम गरिरहेका न्यौपानेले पहिलो प्रोजेक्ट प्रेमकथाको सिनेमा बन्ने बताए ।

यही सिनेमाका लागि यतिबेला संगीतकार विकास चौधरीले संगीतको काम अघि बढाएका छन् । नाम नजुरेको यो प्रेमकथामा आधारित सिनेमामा दुई वटा गीत समावेश गरिने निर्देशक न्यौपानेले बताए । संगीतकार चौधरीले यसअघि पनि न्यौपाने निर्देशित केही सिनेमामा संगीत भरेका थिए ।

न्यौपाने निर्देशित पछिल्लो सिनेमा ‘बीच बाटो’को ‘पप्पी देउ’ बोलको गीत हिट मानिएको थियो । यो सिनेमामा फेरी एकपटक विकास आफुले सोचे जस्तो हिट नम्बर दिनेमा आशावादी छन् । करिब ६ वर्षको अन्तरालपछि निर्देशनमा कमव्याक गर्न न्यौपानेले फरक प्रेमकथामा आधारित सिनेमा दर्शकमाझ ल्याउने बताए ।

यतिबेला सांगीतिक पक्षको काम भैरहँदा सिनेमामा का मगर्ने अन्य ‘कास्ट एण्ड क्रिउ’को बारेमा कुनैपनि जानकारी दिइएको छैन् । चलेका कलाकारहरू नै सिनेमाको मुख्य भुमिकामा रहने न्यौपानेले बताए ।