नेपालमा खिचिएको जान्ह्वी कपुर अभिनित ‘उलझ’को ट्रेलर सार्वजनिक

नेपालमा खिचिएको जान्ह्वी कपुर अभिनित ‘उलझ’को ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स
217
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेत्री जान्ह्वी कपुरको मुख्य भुमिका रहेको सिनेमा ‘उलझ’को ट्रेलर सार्वजनिक भएको छ ।

सिनेमाको सार्वजनिक ट्रेलरमा काठमाडौंको बौद्ध स्तुपा लगायतको दृश्य पनि समावेश गरिएको छ । यसको अर्थ, सिनेमाको कथावस्तुसँग काठमाडौं पनि जोडिएको छ । यो सिनेमाको केही दृश्य गत वर्ष नै खिचिएको नेपालमा प्रोडक्सन डिजाइनरको जिम्मेवारी सम्हालेको आइसफल प्रोडक्सनले जानकारी दिएको हो ।

यो सिनेमामा जान्ह्वीले आईएफएस (इन्डियन फरिन सर्भिस)मा कार्यरत एक स्पाई एजेन्टको भूमिका निर्वाह गरेकी छन् । दर्शकले ‘उलझ’मा उनको भिन्न अवतार हेर्न पाउनेछन् । सिनेमाको सार्वजनिक ट्रेलरले मुख्य पात्र र कथावस्तुको जानकारी दिएको छ ।

जंगली पिक्चर्सले निर्माण गरेको सिनेमा सुधांशु सारिया निर्देशन गरेका हुन् । सिनेमामा जान्ह्वीका अलवा गुल्शन देभैह, रोशन मथेउ, राजेश तैलाङ, अदिल हुसेन, जितेन्द्र जोशीलगायत कलाकारको अभिनय छ । सिनेमा झुट, छल र विश्वासघातको कथामा आधारित छ । उलझ अगष्ट २ बाट विश्वभरका सिनेमा घरमा रिलिज हुँदैछ ।