‘कार्साङ’को वर्कशपमा जोडिए दयाहाङ

‘कार्साङ’को वर्कशपमा जोडिए दयाहाङ

द सिनेमा टाइम्स
140
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता दयाहाङ राईको मुख्य भुमिका रहने सिनेमा ‘कार्साङ’को केही दिनदेखि वर्कशप चलिरहेको छ । कलाकार र निर्देशकीय टिमको उपस्थितिमा सिनेमाको वर्कसप सुरु भएको हो ।

यार्सा फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को प्रस्तुतिमा निर्माण हुन लागेको सिनेमाको वर्कसपसँगै छायांकनको तयारीमा भैरहेको छ । सिनेमाका मुख्य पात्र अभिनेता दयाहाङ राई वर्कशपमा जोडिएसँगै निर्माण टिमले छायांकनको तयारी सुरु गरेको हो । सिनेमाको छायांकन यही हप्ताबाट सुरु गर्ने तयारी निर्माण पक्षको छ ।

सामाजिक कथावस्तुमा निर्माण हुने सिनेमामा दयाहाङ राई, सृजना निङ्लेकु, जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, छिरिङ शेर्पा र सरिता गिरी माओत्से गुरुङ, पुष्कर गुरुङ, सम्राट क्षेत्री, राशी लिम्बु, सोहन थापा, कर्मा शेर्पा, छोकी शेर्पा, पवन गोले, सञ्जय ढुंगाना र सृष्टि ढुंगानाको अभिनय रहने छ । यही सिनेमाबा सृजना र छिरिङले डेब्यु गर्दैछन् ।

यो सिनेमालाई यम शेर्पाले निर्देशनमा गर्दैछन् । उनको यो डेब्यू निर्देशकिय सिनेमा हो । सिनेमामा उनी स्वयंमको कथा, पटकथा तथा संवाद लेखन रहेको छ । सिनेमाका निर्माता पुरुषोत्तम प्रधान हुन् । सिनेमामा प्रधानकै डिओपी रहने छ । गोविन्द बोहरा सह-निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता आङछिरिङ शेर्पा, लाइन प्रोड्युसर वीरेन्द्र शाही हुन् ।

मनोज थापा मगर, बरिष्ठ सेलो गायक एवम् संगीतकार विश्व दोङ संगीत रहने सिनेमाको मुख्य सहायक निर्देशक सुदीप कुँवर, अभि लामाको कोरियोग्राफी, दिलीप पन्त प्रोडक्शन म्यानेजर रहेका छन् । सिनेमाको बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिका विभिन्न स्थानमा छायांकन गरिने छ । सिनेमा वितरणको जिम्मेवारी आरआर फिल्म्स्ले लिएको छ ।