‘ज्वाइँ साब’को छायांकन ३० दिनमा सकियो

‘ज्वाइँ साब’को छायांकन ३० दिनमा सकियो

द सिनेमा टाइम्स
175
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मकवानपुरको चित्लाङ र चितवनमा एक महिनासम्म छायांकन गरेपछि सिनेमा ‘ज्वाइँ साब’ प्याकअप गरिएको छ । सिनेमाका निर्देशक बसन्त निरौलाका अनुसार २३ दिन चित्लाङ र ७ दिन चितवनमा खिचेपछि सिनेमाको छायांकन सकिएको हो ।

कलाकार र प्राविधिकहरुको साथका कारण तोकिएकै समयमा सिनेमाको छायांकन सकिएको निर्देशक निरौलाले बताए । यो सिनेमामा कलाकार जीतु नेपाल र अभिनेत्री नीति शाह मुख्य भूमिकामा छन् । उनीहरुको अलवा सिनेमामा बुद्धि तामाङ, शिशिर वाङ्देल, प्रकाश घिमिरे, रमेश वुढाथोकी, निमा पाण्डे, हिमेश पन्त, शिवहरि बैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे लगायतका कलाकारको अभिनय छ ।

छायांकन सकिएसँगै सिनेमाको पोष्ट प्रोडक्सनको काममा सुरु गरिएको छ । यो फिल्ममा जीतु नेपाल र नीति शाहको जोडीलाई दर्शकले विशेष रुपमा देख्न सकिन्छ । राजकुमार पण्डित प्रस्तुतकर्ता रहेको सिनेमामा मिनादेवी पाण्डे, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ ।

रेड आई फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्यमा निर्माण भएको सिनेमामा श्याम तामाङको डीओपी, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ । विजय बस्याल कार्यकारी निर्माता रहेको सिनेमामा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद रहेको छ ।