‘ब्याड न्युज’को नेपाल रिलिज पक्का

‘ब्याड न्युज’को नेपाल रिलिज पक्का

द सिनेमा टाइम्स
98
Shares

द सिनेमा टाइम्स, काठमाडौं – भोली शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको बलिउड सिनेमा ‘ब्याड न्युज’को नेपाल रिलिज कर्न्फम भएको छ ।

सिनेमाको नेपाल प्रदर्शन अधिकार  टि-फल्कले खरिद गरेको हो । सिनेमाको नेपालमा अग्रीम टिकट बुकिङ खुल्ला भैसकेको छ । सिनेमाले देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले मात्र काठमाडौंका ७ वटा हलमा ३२ शोज तथा मोफसलका ९ वटा हलमा ४२ शोज गरी ७४ शोज दिएको छ । अन्य सिनेमा हलले पनि सिनेमालाई राम्रो शो दिएका छन् ।

धर्मा प्रोडक्सनको व्यानरमा निर्माण भएको सिनेमा सार्वजनिक ट्रेलर र गीतबाट भारतमा चर्चामा रहेको छ । सिनेमाको माग नेपाली दर्शकमाझ पनि राम्रो देखिएकाले नेपाल प्रदर्शन अधिकार खरिद गरेको वितरक प्रचण्डमान श्रेष्ठले बताए ।

सिनेमामा विक्की कौशल, तृप्ती डिम्री, एम्मी विर्क, नेहा धुपिया लगायतका कलाकारको अभिनय रहेको छ । सिनेमाको निर्मातामा करण जोहर, हिरो यश जोहर, अपुर्व मेहता, अमृतपाल सिंह बिन्द्रा र आनन्द तिवारी रहेका छन् । सिनेमालाई आनन्द तिवारीले निर्देशन रहेको छ ।