गायक यश कुमारको आत्महत्या दुरुत्साहन बिरुद्धको गीत ‘हिरो’ रिलिज

गायक यश कुमारको आत्महत्या दुरुत्साहन बिरुद्धको गीत ‘हिरो’ रिलिज

द सिनेमा टाइम्स
133
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गायक तथा अभिनेता यश कुमारले नयाँ गीत ‘हिरो’ बजारमा ल्याएका छन् । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच यो गीतको भिडियो सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा गायक यश कुमारको नै शब्द, संगीत र स्वर सुन्न सकिन्छ । यो गीतको भिडियोमा अभिनेत्री गरिमा शर्मा, दिपेन्द्र सोनाम र रोजेन सुन्दासको अभिनय रहेको छ । साथै गीतको भिडियोमा गायक यश कुमार पनि अतिथि भुमिका देखिएका छन् ।

यो गीतको भिडियोलाई निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन् । यो उनलको यशसँग पाँचौं सहकार्य हो । यश र निकेश एकअर्कालाई आफ्नो लक्की चार्म मान्ने गर्छन् । पाँचौ सहकार्य पनि फलदायी हुने विश्वास उनीहरुको छ ।

‘हिरो’ गीतको भिडियो मार्फत गायक यश कुमारले आत्माहत्या दुरुत्साहनको मुद्धा उठान गरेका छन् । पछिल्लो समय सानो सानो कुरालाई लिएर आत्माहत्याका केशहरु बढि रहेकाले पनि आफुलाई यो मुद्धा उठाउनु पर्छ भन्ने लागेकाले हिरो गीत निर्माण गरेको बताए ।

यो गीतमा हरि हुँमागाईको छायांकन, बिकास धमलाको सम्पादन रहेको छ । यस्तै, गायक यश कुमारले बिहीबार नै आफ्नो २६ वर्ष पुरानको सुपरहिट गीत हिजो अर्कैसँग देखेको फिमेल भर्सन समेत सार्वजनिक गरेका थिए ।