राजकुमार र श्रद्धाको ‘स्त्री २’ ट्रेलर सार्वजनिक

राजकुमार र श्रद्धाको ‘स्त्री २’ ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स
133
Shares

द सिनेमा टाइम्स, काठमाडौं – हरर कमेडी जनरामा निर्माण भएको बलिउडको प्रतिक्षित सिनेमा स्त्री २ को ट्रेलर सार्वजनिक भएको छ । सिनेमामा राजकुमार राव, श्रद्धा कपूर र पंकज त्रिपाठीको मुख्य भूमिका रहेको छ । यो सिनेमा आगामी अगस्ट १५ बाट विश्वभरका सिनेमा घरमा प्रदर्शन हुँदैछ ।

बिहीबार सार्वजनिक सिनेमाको ट्रेलरमा राजकुमारको गाउँमा फेरि श्रद्धा फर्किएकी छन् । उनलाई मानिसहरु किचकण्डी भन्ने गर्छन् । ट्रेलरमा राजकुमारसँग उनको प्रेम देखाइएको छ भने शिर काटिएको एक डरलाग्दो पुरुषको आतंक रोक्न श्रद्धा र राजकुमारले संघर्ष गरिरहेका छन् ।

‘स्त्री २’लाई अमर कौशिकले निर्देशन गरेका हुन् । अमरले यो फ्रेन्चाइजका अलवा ‘बाला’ र ‘भेडिया’को पनि निर्देशन गरिसकेका छन् । अपारशक्ति खुराना र अभिषेक बनर्जीको पनि अभिनय रहेको सिनेमाले भारतमा हरर सिनेमाको व्यापारमा ट्रेन्ड सेट गर्ने अनुमान गरिएको छ । ट्रेलर हेर्दा यो सम्भावना पनि देखिन्छ ।

सिनेमाको एक गीतमा दक्षिण भारतीय अभिनेत्री तमन्ना भाटियाको आइटम नृत्य समेत राखिएको छ । ‘स्त्री’ सन् २०१८ मा सुपरहिट भएको थियो । त्यतिबेला भारतमा मात्रै २५ करोडमा बनेको सिनेमाले १ सय ३० करोडमाथिको व्यापार गरेको थियो ।