‘वर एण्ड वधु’को पहिलो गीत ‘तिमी सँग’ सार्वजनिक

‘वर एण्ड वधु’को पहिलो गीत ‘तिमी सँग’ सार्वजनिक

द सिनेमा टाइम्स
161
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री आँचल शर्मा र डेव्यु अभिनेता विवेक कर्माचार्यकको मुख्य भुमिका रहेको सिनेमा ‘वर एण्ड वधु’को पहिलो गीत सार्वजनिक गरिएको छ ।

आइतबार गुरु पूर्णिमाको अवसर पारेर सार्वजनिक गरिएको ‘तिमी सँग’ बोलको गीतमा आँचल र विवेक रोमान्टिक अवतारमा फिचर्ड छन् । गीतले उनीहरुको एकअर्काप्रति प्रेम र आशक्ति दर्शाउँछ । रोमानियाको सुन्दर दृश्यहरुले गीत आकर्षक बनेको छ । गीतमा आँचल बोल्ड देखिएको छन् । विवेकसँग केमेस्ट्री पनि जमेको छ । गीतको छायांकन पक्ष प्रशंसनीय छ ।

मिलन चाम्सको निर्देशनमा निर्माण भएको सिनेमाको आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजजिक गीतमा अर्जुन पोखरेलको संगीत तथा अञ्जु पन्त र प्रताप दासको स्वर रहेको छ । गीतको शब्द रचना लेखु सहयात्रीले गरेका हुन् ।

आगामी भदौ १४ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमामा विजय लामा, किरण केसी, हिउँवाला गौतम, सरिता लामिछाने, अन्सु महर्जन, दिनेश काफ्ले, यमन श्रेष्ठ, सृष्टि खड्का, गरिमा शर्मा, रविन्द्र खड्का, कुसुम शर्मा, विजु पार्की, हिमेश पन्त लगायतको पनि अभिनय छ । विवेक र कुसुमको यो डेब्यु सिनेमा हो ।

एलआरके प्रोडक्शनको ब्यानरमा निर्माण भएको सिनेमामा सुदिप बरालको छायांकन तथा प्रदीप भारद्वाजको लेखन छ । सिनेमाले सामाजिक कथावस्तुलाई रमाइलो शैलीमा प्रस्तुत गर्ने छ । रोमानियामा र काठमाडौंमा सिनेमाको छायांकन गरिएको हो । सिनेमामा जानुका थापा निर्माता र डाक्टर अमित रिजाल कार्यकारी निर्मातामा छन् ।