अभिनेता रमित निर्देशित ‘नमेटिने घाउ’को सांसद ज्ञानेन्द्र शाहीले गरे डबिङ

अभिनेता रमित निर्देशित ‘नमेटिने घाउ’को सांसद ज्ञानेन्द्र शाहीले गरे डबिङ

द सिनेमा टाइम्स
84
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता रमित ढुंगानाको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘नमेटिने घाउ’को डबिङ सुरु गरिएको छ । शनिबार राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले आफ्नो भागको दृश्यमा डबिङ गरेका थिए । सिनेमामा डबिङ गर्न गाह्रो रहेको अनुभव सुनाउँदै पहिलो पटक सिनेमामा अभिनय गरेको बताए ।

प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीको पनि केही दिनमा डबिङ हुनेछ । त्यसका लागि उनले आगामी साताको समय दिएको जानकारी निर्माण टिमले दिएको छ । सिनेमामा उनले प्रधानमन्त्रीको भूमिकामा अभिनय गरेका छन् । एमालेको केन्द्रीय कार्यालयमा उनको भागको दृश्य खिचिएको थियो । त्यतिबेला ओली प्रधानमन्त्री थिएनन् । सिनेमामा पूर्व प्रधानमन्त्री माधव नेपालको पनि अभिनय छ ।

एसिड आक्रमणमा परेका ३३ जना पीडितहरुको कथालाई समेटिएर तयार भएको सिनेमालाई अभिनेता रमित ढुंगानाले निर्माण गरेका हुन् । उनको यो डेव्यु निर्देशकीय सिनेमा हो । सिनेमामा मुस्कान खातुन, रचना गौतम, प्राप्ति पौडेल, प्रभात पाल ठकुरी, आरती आचार्य, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, अखिल बजगाई लगायत सयौं प्रहरीहरुको पनि अभिनय छ ।

रमित ढुंगाना सिनेमा प्रोडक्शनको ब्यानरमा बनेको सिनेमामा शिवम् अधिकारीको लेखन रहेको छ भने गीतमा ओम सुनारको संगीत छ । लेखक अधिकारीले पटकथा लेखनमा मात्र २ वर्ष लगाएका थिए । दर्जनौं म्यूजिक भिडियोको निर्देशन गरिसकेका रोजल थापा सिनेमाको सहायक निर्देशकको रुपमा छन् । निर्देशक रमितलाई यतिबेला सिनेमा डबिङमा पनि रोजलले सहयोग गरिरहेका छन् ।