स्वास्थ्यमा समस्या देखिएपछि हरिवंश आचार्य अस्पताल भर्ना

स्वास्थ्यमा समस्या देखिएपछि हरिवंश आचार्य अस्पताल भर्ना

द सिनेमा टाइम्स
77
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बरिष्ठ हास्य कलाकार हरिवंश आचार्य अस्पताल भर्ना भएका छन् । मोरङको विराटनगरमा रहेका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो । अहिले उनको उपचार विराट नर्सिङ होममा भइरहेको छ ।

बरिष्ठ हास्य कलाकार आचार्यलाई अस्पतालमा भर्ना गरेर उपचार भइरहेको विराट नर्सिङ होमका सूचना सहायक सजन पासवानले बताए । चिकित्सक राजीव साहले आचार्यको स्वास्थ्य परीक्षण गरिहेका छन् । ‘अचानक नाकबाट ब्लड आएपछि उपचारका लागि भर्ना हुनुभएको छ’, पासवानले भने ।

बरिष्ठ कलाकार हरिवंश आचार्य शनिबार हिमगिरी सोप इन्डस्ट्रिजको कार्यक्रममा सहभागी हुन विराटनगर गएका थिए । आफूहरुको कार्यक्रममा शनिबार महजोडी सहभागी भएको उधोगी प्रकाश मुन्दडाले बताए ।

‘नाकबाट अचानक रगत बगेपछि उहाँलाई अस्पताल भर्ना गरिएको हो’, हरिवंशका नजिकका कलाकार किरण केसीले भने, ‘अहिले अवस्था सामान्य छ । ठूलो समस्या केही होइन ।’

आज बिहान काठमाडौं फर्किने कार्यक्रम रहे पनि भोलि मात्रै फर्किने उनले जानकारी दिए । आचार्य बिरामी भएको खबर सार्वजनिक भएपछि उनलाई भेट्न कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की पनि अस्पताल पुगेका छन् । अब भोलि बिहान मात्रै हरिवंश काठमाडौं फर्किने किरण केसीले जानकारी दिए ।