रामजी ज्ञवाली निर्देशित ‘लापत्ता सन्तान’को टिजर सार्वजनिक

रामजी ज्ञवाली निर्देशित ‘लापत्ता सन्तान’को टिजर सार्वजनिक

द सिनेमा टाइम्स
329
Shares

द सिनेमा टाइम्स, काठमाडौं – डकुमेन्ट्री छोटो सिनेमा ‘लापत्ता सन्तान’को टिजर सार्वजनिक भएको छ । आइतबार गुरु पूर्णिमाको अवसर पारेर सार्वजनिक टिजरबाट विभिन्न कारणले बेसहारा बनेर वृद्धाश्रम पुगेका बुवाआमाको कथामा यो सिनेमा आधारित रहेको बुझ्न सकिन्छ ।

रामजी ज्ञवालीको लेखन, निर्माण एवं निर्देशनमा तयार सिनेमाको टिजरमा मुख्य कलाकारहरू रश्मी भट्ट, ओजस्वी विक्रम विष्ट, आशिष पराजुली, सबिना राउत, निलम भट्ट र मनिष पी निरौलालाई देख्न सकिन्छ ।

सिनेमा निर्माण गर्नुको उद्देश्य कमाउने भन्दा पनि जनचेतना फैलाउने रहेको निर्देशक ज्ञवालीको दाबी छ ।

यसअघि उनले निर्देशन गरेका ‘डार्क मुन’, ‘एक लभर’, ‘आराध्या’, ‘हनिमुन’ लगायतका छोटा सिनेमाहरू सार्वजनिक भइसकेका छन् । विशेष शो र फेस्टिभललाई लक्षित गरेर निर्माण गरिएको डकुमेन्ट्री छोटो सिनेमा ‘रित्तो गाउँ’ सार्वजनिक हुने तयारीमा छ ।

निरज कंडेलको डिओपी र नहकुल खड्काको सम्पादनमा तयार भएको सिनेमाको कलर संयोजन राजेन्द्र मोक्तानले गरेका हुन् ।