सुशिल श्रेष्ठको ‘आउट ल : दफा २१९’को एक्सन प्याक्ड टिजर रिलिज

सुशिल श्रेष्ठको ‘आउट ल : दफा २१९’को एक्सन प्याक्ड टिजर रिलिज

द सिनेमा टाइम्स
462
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता सुशिल श्रेष्ठको मुख्य भुमिका रहेको सिनेमा ‘आउट ल : दफा २१९’को टिजर सार्वजनिक भएको छ । सोमबार युट्युबमा सार्वजनिक सिनेमाको १ मिनेट २८ सेकेण्ड लामो एक्सन प्याक्ड टिजरले दर्शकमाझ कौतुहल्ता पैदा गर्ने देखिन्छ ।

सिनेमाको यसअघि सार्वजनिक निर्माण घोषणा टिजर तथा पोस्टरले दर्शकमाझ चर्चित रहेको सिनेमाको यो टिजरले नेपाली सिनेमामा एक्सनलाई उचाईमा पुर्याउने विश्वास निर्माण टिमको छ । अभिनेता सुशिल श्रेष्ठ पनि ‘बादशाह जुट’ पश्चात रजतपटमा कमव्याक गर्दैछन् । यो सिनेमाले आफ्नो कमव्याकलाई सफल बनाउने अपेक्षा उनको छ ।

असोज ३ गते संविधान दिवसको अवसर पारेर प्रदर्शनमा आउन लागेको सिनेमामा सुशिलका अलवा शिक्षा संग्रौला, नरेश पौड्याल, सुमन भण्डारी, हेम गुरुङ, सोनी ल्यागुन र बिशाल पहारीको अभिनय रहेको छ । चुल्ठे काजीको एक्सन रहेको सिनेमालाई अशोक शर्माको डिसिएनले वितरण गर्दैछ ।

बिक्की महर्जको लेखन तथा निर्देशन रहेको सिनेमामा अमित अग्रहरीको लगानीरहेको छ । विनोद कडायत कार्यकारी निर्माता रहेको सिनेमाको सह-निर्माता बिकाश चौधरी हुन् ।

स्याडो पिक्चर्स तथा रेट्रो फिल्मस्को व्यानर निर्माण भएको सिनेमामा नवीन गुरुङको छायांकन र ट्रेलर मास्टर साहिल खानको सम्पादन रहेको छ ।