विक्की र तृप्तीको ‘ब्याड न्युज’ले तीन दिनमा कति कमायो ?

विक्की र तृप्तीको ‘ब्याड न्युज’ले तीन दिनमा कति कमायो ?

द सिनेमा टाइम्स
154
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गत शुक्रबारबाट प्रदर्शनमा आएको बलिउड सिनेमा ‘ब्याड न्युज’ले बक्सअफिसमा उत्कृष्ट व्यापार गरेको छ । सिनेमाले रिलिजको विकेण्डको कलेक्सन रिपोर्ट सार्वजनिक गरेको हो ।

बलिउड ट्रेड एनालिस्ट तरण आर्दशका अनुसार सिनेमाले पहिलो तिन दिनमा ३०.६२ करोड व्यापार गरेको छ । योसँगै विक्की कौशलको करियर कै तेस्रो ठुलो ओपनिङ गर्ने सिनेमा बनेको छ । यसअघि विक्की कौशलको मुख्य भुमिका रहेको सिनेमा ‘उरी : द सर्जिकल स्ट्राइक’ले ३५.७३ करोड र ‘राजी’ले ३२.९४ करोडको व्यापार गरेका थिए ।

नेपालमा विक्की कौशल, तृप्ती ड्रिमी र एम्मी वीर्कको मुख्य भुमिका रहेको ब्याड न्युजले सुखद व्यापार गरेको वितरक कम्पनि टि-फल्कले जानकारी दिएको छ । आनन्द तिवारी निर्देशित सिनेमाले ट्रेलर र तौवा तौवा गीतले दर्शकमाझ बनाएको हाइपले यति ठुलो विकेण्ड कलेक्सन सफल भएको बलिउड हंगामाले जनाएको छ ।

सिनेमाले शुक्रबार ८.६२ करोड, शनिबार १०.५५ करोड र आइतबार ११.४५ करोड व्यापार गरेको थियो । धर्मा प्रोडक्सनको व्यानरमा निर्माण भएको सिनेमाको निर्मातामा करण जोहर, हिरो यश जोहर, अपुर्व मेहता, अमृतपाल सिंह बिन्द्रा र आनन्द तिवारी रहेका छन् ।