‘मोदीबेनी’को सफलताको लागि पशुपतिको कोटीहोम महायज्ञमा पुगे वर्षा र अमर

‘मोदीबेनी’को सफलताको लागि पशुपतिको कोटीहोम महायज्ञमा पुगे वर्षा र अमर

द सिनेमा टाइम्स
21
Shares

द सिनेमा टाइम्स, काठमाडौं – काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा आयोजित एक महिने कोटीहोम महायज्ञको सातौँ दिनमा सिनेमा ‘मोदीबेनी’का कलाकारहरू सहभागी भएका छन् ।

मानव सेवा फाउन्डेसनको आयोजनामा भइरहेको महायज्ञमा कलाकारहरू वर्षा सिवाकोटी, अमर प्रताप श्रेष्ठ, कमलमणि नेपाल, लेखक आनन्द विक्रम क्षेत्री, निर्माता हरि श्रेष्ठ लगायतको टिम पुगेका थिए ।

आयोजकले ‘मोदीबेनी’ टिमलाई पञ्चेबाजासहित महायज्ञ आयोजनास्थलमा स्वागत गरेको थियो । यो अवसरमा अभिनेत्री वर्षा सिवाकोटीले भक्ति भावले जीवन सुन्दर हुने भन्दै सिनेमा रिलिज ननिकिँदै गर्दा आशीर्वाद लिनको लागि महायज्ञमा सहभागी भएको बताइन् ।

अभिनेता कमलमणि नेपालले महायज्ञमा सम्बोधन गर्दै आफूले अभिनय गरेको सिनेमाका लागि आशीर्वाद लिन आएको बताए । डेव्यु अभिनेता अमर प्रताप श्रेष्ठले आफूले पहिलो पटक अभिनय गरेको सिनेमालाई सफल बनाउन आफूले प्रार्थना गरेको प्रतिक्रिया दिए ।

शंकर कोइरालाले निर्देशन निर्माण भएको सिनेमामा वर्षा, अमर र कमलमणीका अलवा सरोज खनाल, प्रवीण खतिवडा, रेजिना उप्रेती, दिलीप केसी, जीवन भट्टराई, कमलमणि नेपाल, स्नेहा भट्टराई, सुब्रतराज आचार्य, अनामीका लामिछाने, हिउवाला गौतम लगायतको अभिनय रहेको छ ।

डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको सिनेमाको निर्मातामा दिलीप केसी निर्माता र सह-निर्मातामा हरि श्रेष्ठ रहेका छन् । आनन्द विक्रम क्षेत्रीको लेखन रहेको सिनेमा उत्सव दाहालको छायांकन र भरत रेग्मीको सम्पादन छ ।

आगामी साउन १८ गतेबाट प्रदर्शनमा आउने सिनेमालाई रिच इन्टरटेन्मेन्टले काठमाडौं उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्दैछन् ।