अक्षय कुमारको ‘खेल खेल में’ पनि अगष्ट १५ मै रिलिज हुने

अक्षय कुमारको ‘खेल खेल में’ पनि अगष्ट १५ मै रिलिज हुने

द सिनेमा टाइम्स
133
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता अक्षय कुमारको मुख्य भुमिका रहेको सिनेमा ‘खेल खेल में’को प्रदर्शन मिति घोषणा गरिएको छ । यो सिनेमा पनि अगष्ट १५ अर्थात् साउन १३ गतेबाट विश्वभरका सिनेमा घरमा रिलिज हुने भएको हो ।

यो मितिमा यसअघि नै बलिउडका दुई ठुला सिनेमा ‘स्त्री २’ र ‘वेदा’ले रिलिज घोषणा गरिसकेका छन् । योसँगै अगष्ट १५ मा त्रिपक्षिय भिडन्त हुने भएको हो । मंगलबार सिनेमाको निर्माण टिमले एक मोसन पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको छ ।

सिनेमाको मोसन पोस्टरमा अक्षयका अलवा तपसी पन्नु, वाणी कपुर, प्रज्ञा जैसवाल, एम्मी वीर्क, फरदीन खान र आदित्य सिल लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । सिनेमालाई मुदस्सर अजिजले निर्देशन गरेका हुन् । सिनेमाको केही दिनमा ट्रेलर समेत सार्वजनिक हुँदैछ ।

गुल्सन कुमारको टि-सिरिज र वकाउ फिल्मस्को व्यानरमा निर्माण भएको सिनेमाका निर्मातामा भुषण कुमार, कृष्ण कुमार, विपुल डी शाह, अश्विन वर्दे, राजेश वहल, सशिकान्त सिन्हा र अजय राय रहेका छन् ।