‘सारंग’को ‘चिसो बतास’ गीतमा २२ बालबालिकाको स्वर

‘सारंग’को ‘चिसो बतास’ गीतमा २२ बालबालिकाको स्वर

द सिनेमा टाइम्स
49
Shares

द सिनेमा टाइम्स, काठमाडौं – प्रशान्त तामाङ निर्देशीत सिनेमा ‘सारंग’को ‘चिसो बतास’ बोलको एउटा गीत २२ जना बालबालिकाले एकसाथ स्वर भरेका छन् । डिपी खनालको शब्द रचना रहेको यो गीतमा कान्जिरोवा स्कुल, कोटेश्वरका प्रतिभावान बालबालिकाहरुको साथमा किरण भुजेल र मुस्कान रानाभाटको स्वर सुन्न सकिन्छ ।

बाल मनोबिज्ञान तथा बालअधिकारको बिषयमा केन्द्रित सिनेमामा कथाको मागअनुसार नै एकसाथ २२ जना बालबालिकालाई गीत गाउन लगाएको बताए । गीत एक्दमै सुमधुर र अर्थपूर्ण रहेको निर्देशक तामाङको दावी छ । सिनेमाको अर्को एउटा गीतमा शान्तिश्री परियार र साइराजको स्वर छ । ‘चोली तुनामा’ बोलको सो गीत पनि डिपी खनालले लेखेका गीतमा पनि संगीत शंकर थापा स्माइलको छ ।

सिनेमामा ऋचा शर्मा, उत्पल झा, समीर मणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, निरज ब्ल्याक, दीपीका थापा, सुमन सागर जंग केसीका साथमा बालकलाकारद्वय सम्राट थापा र आदित्य कार्की मुख्य भूमिकामा छन् ।

बैशाख २ गतेबाट सुटिङ थालीएको सिनेमाको पहिलो चरणको सुटिङ सकिएको छ । बाँकी छायांकन केही दिनमै गरिने छ । मनोरञ्जनका साथै समाजीक सन्देशसमेत प्रस्तुत गरिने फिल्मको स्क्रिप्ट निर्देशक तामाङ आफैले लेखेका हुन् ।