‘पूर्ण बहादुरको सारङ्गी’को दोस्रो चरणको छायांकन सुरु, विशेष भुमिकामा अलिसाको प्रवेश

‘पूर्ण बहादुरको सारङ्गी’को दोस्रो चरणको छायांकन सुरु, विशेष भुमिकामा अलिसाको प्रवेश

द सिनेमा टाइम्स
112
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’को दोस्रो चरणको छायांकन सुरु भएको छ । गत जेठ २४ गतेबाट ओखलढुङ्गाको रुम्जाटारमा ३६ दिन छायांकन गरिएको सिनेमाको दोस्रो चरणको छायांकन भक्तपुरको दुवाकोटबाट सुरु गरिएको हो ।

सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको सिनेमामा अभिनेत्रीको रुपमा अलिशा बास्तोलाको प्रवेश भएको छ । उनको यो डेब्यू फिचर्ड सिनेमा हो । यसअघि उनले दजनौं म्यूजिक भिडिओमा अभिनय गरिसकेकी छिन् ।

‘पूर्ण बहादुरको सारङ्गी’मा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइली, विनोद न्यौपाने, भोलाराज सापकोटा, बुद्धि तामाङ, माओत्से गुरुङ र देशभक्त खनाल तथा बालकालकार जान्भी पौडेल र स्वंयम् केसीको अभिनय रहेको छ ।

दोस्रो सेड्यूलको छायांकन आजबाट सुरु गरिएको बताउँदै निर्माता विनोद पौडेलले सिनेमामा अलिशाको भूमिका विशेष रहेको जानकारी दिए । यो सिनेमालाई अन्तर्राष्ट्रिय रूपमा नेपाली सिनेमा वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गरेको हो ।

सोसल-ड्रामा जनरा निर्माण भएको सिनेमा गन्धर्व परिवारको कथामा आधारित रहेको छ । सिनेमाका निर्देशन सरोज पौडेल हुन् । सिनेमाको कथा निर्देशक पौडेल स्वंयमले लेखेका हुन् । सिनेमाको पटकथा तथा संवाद महेश दवाडीले लेखेका छन् ।

विनोद पौडेल र प्याट्रिक सुवेदी लगानी रहेको सिनेमाका कार्यकारी निर्माता रमेश चौलागाई र हरि श्रेष्ठ हुन् । सिनेमामा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी, प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको स्वर रहेको छ ।