सौरभले घोषणा गरे नयाँ सिनेमा ‘कर्मा’

सौरभले घोषणा गरे नयाँ सिनेमा ‘कर्मा’

द सिनेमा टाइम्स
133
Shares

द सिनेमा टाइम्स, काठमाडौं निर्देशक सौरभ चौधरीले नयाँ सिनेमा निर्माणको घोषणा गरेका छन् ।

सिनेमाको नाम ‘कर्मा’ राखिएको छ । बिहिबार सिनेमाको थिम पोस्ट सार्वजनिक गर्दै निर्माणको घोषणा गरिएको हो । सार्वजनिक थिम पोस्टर हेर्दा युद्ध लड्न हिँडेका सौनिकहरु देख्न सकिन्छ ।

यस सिनेमालाई सौरभ चौधरीले निर्देशन गर्ने भएका छन् भने सिनेमाको कथा पनि उनी स्वयंले लेखेका हुन् । एक्सन एडभेन्चर जनरामा निर्माण हुने बताइएको छ । निर्देशक चौधरीको यो तेस्रो प्रोजेक्ट हो ।

निर्देशक चौधरीले  सिनेमाको टाइटल घोषणासँगै भने, ‘अहिलेसम्म जे-जति फिडब्याक पाएको छु, राम्रै पाइरहेको छु । बजेटभित्र उत्कृष्ट काम निकाल्ने हाम्रो प्रयास हुन्छ । यो सिनेमा एक्सन मात्रै होइन ।

सौरभले अघिल्लो वर्ष  ‘अगस्त्य : च्याप्टर १’ निर्देशन गरेका थिए । उक्त सिनेमाको मेकिङमा उनलेे गरेको मिहनेतको तारिफ भएको थियो । आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति रहने सिनेमालाई बसन्त लम्सालले लगानी गर्नेछन् ।

सिनेमाको कथावस्तु र कलाकारबारे निर्माणपक्षले अहिले जानकारी दिएको छैन ।