तेस्रो सातामा दयाहाङ र मिरुनाको ‘घरज्वाइँ’

तेस्रो सातामा दयाहाङ र मिरुनाको ‘घरज्वाइँ’

द सिनेमा टाइम्स
875
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गत असार २८ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘घरज्वाइँ’ आज शुक्रबारबाट तेस्रो सातामा प्रवेश गरेको छ । राम्रो दर्शक अकुपेन्सी र शो सङ्ख्या सहित यो सिनेमा तेस्रो सातामा प्रवेश गरेको हो ।

सिनेमाका निर्माता जनक घर्ती मगरले सिनेमाले नेपालमा मात्रै नभई विदेशमा पनि राम्रो व्यपार गरिरहेको बताए । सिनेमाले दोस्रो सातासम्ममा लगानी उठाएर नाफाको बाटोमा रहेको दाबी गरेका छन् । दर्शकबाट राम्रो वर्डअफ माउथ र साथ पाएकाले पनि तेस्रो सातामा प्रवेश गर्न सफल भएको उनको भनाई छ ।

जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन् । पूर्वी रुकुम आसपासमा छायांकन गरिएको सिनेमाको कथा निर्देशक अनिल आफैले लेखेका हुन् । पटकथा तथा संवाद लेखनमा भने उनलाई बिनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।

अनिल बुढा मगरको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमालाई जनक घर्ती मगरले निर्माण गरेका हुन् । सिनेमामा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ ।

सिनेमाका गीतमा हर्क साउद र मनोज थापा मगरको शब्द तथा संगीत छ । कृष्ण भन्डारीले सम्पादन गर्ने सिनेमाको डिजिटल पार्टनर बुढा सुब्बा डिजिटल हो । एमएसएमले अष्ट्रेलियाले सिनेमाको विदेश प्रदर्शन अधिकार लिएको छ । नेपालमा सिनेमालाई आरआर फिल्मसले वितरण गरेको हो ।