निमेषको निर्देशनमा ‘लाइफ ड्यामेज’ घोषणा, मुख्य भुमिकामा सुरक्षा पन्त

निमेषको निर्देशनमा ‘लाइफ ड्यामेज’ घोषणा, मुख्य भुमिकामा सुरक्षा पन्त

द सिनेमा टाइम्स
140
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निमेष श्रेष्ठको डेब्यु निर्देशनमा सिनेमा ‘लाइफ ड्यामेज’ निर्माण हुने भएको छ । शुक्रवार काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा क्यामेरा, स्क्रिप्ट तथा क्ल्याप बोर्ड पूजा गर्दै सिनेमाको मुहूर्त गरिएको हो ।

‘फेन्टासी कमेडी ड्रामा’ विधामा निर्माण हुन लागेको सिनेमामा निर्देशक श्रेष्ठ स्वयं मुख्य भूमिकामा देखिँदैछन् भने उनको जोडी रुपमा अभिनेत्री सुरक्षा पन्तले अभिनय गर्दैछिन् । सिनेमामा निमेष श्रेष्ठ र ईशा थापाको संयुक्त लेखन छ । सुरक्षा सिनेमामा आफ्नो चरित्रलाई लिएर निकै उत्साहित देखिएकी छन् ।

फन रिभोलुसन इन्टरटेनमेन्टको ब्यानरमा निर्माया हुने सिनेमामा सुरक्षा र निमेषका अलवा ईशा थापा, सञ्जना महर्जन, अमोघ अर्याल, अनिस जङ्ग थापा, अजय पन्त, निरू खड्का लगायतको पनि अभिनय रहनेछ । सिनेमाबारे निर्देशक श्रेष्ठ भन्छन्, ‘अर्काको जुत्तामा उभिँदा वा अरूको जीवन बाँच्दा हुने अनुभव कस्तो हुन्छ भनेर यसमा देखाउँदै छौं ।’

सिनेमामा प्रवीण खड्काको डिओपी, निमा श्रेष्ठको सम्पादन, अभिषेक खरेलको प्रोडक्सन डिजाइन, आयुष महर्जनको कला निर्देशन, वर्षा श्रेष्ठको मेकअप, जेनिश शाक्यको प्रोडक्सन व्यवस्थापन, दीपेश चौधरीको कलर ग्रेडिङ, उत्साह श्रेष्ठको कस्ट्युम डिजाइन एवं आशिष सापकोटाको ग्राफिक्स तथा फाइनान्स रहनेछ ।