‘शाम्बाला’को नेपाल रिलिज घोषणा, भदौ २८ बाट हुनेछ रिलिज

‘शाम्बाला’को नेपाल रिलिज घोषणा, भदौ २८ बाट हुनेछ रिलिज

द सिनेमा टाइम्स
161
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक मिन बहादुर भामको निर्देशन तथा निर्माण रहेको सिनेमा ‘शाम्बाला’को नेपाल रिलिज घोषणा गरिएको छ । शुक्रबार ललितपुरमा एक कार्यक्रम आयोजना गर्दै सिनेमाको प्रदर्शन मिति घोषणा गरिएको हो ।

निर्देशक भामका अनुसार ‘शाम्बाला’ नेपालमा भदौ २८ गतेबाट रिलिज हुनेछ । ‘शाम्बाला’ बर्लिन सिनेमा महोत्सवको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको विधामा छनोट भएको थियो । उक्त महोत्सवको यो विधामा छनोट हुने ‘शाम्बाला’ पहिलो नेपाली फिचर सिनेमा हो ।

‘सम्हालिन्छ कहिले मन’ फेम्ड अभिनेता सोनम तोप्देनको मुख्य भुमिका रहेको सिनेमा ‘शाम्बाला’ स्विट्जरल्यान्डको सिनेमा महोत्सव लोकार्नोको ७७ औँ संस्करणमा छनोट भएको छ । पियाजा ग्राण्डे विधामा सिनेमा छनोट भएको हो ।

सुनी फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको ‘शाम्बाला’मा सोनमका अलवा थिन्ले ल्हामो, तेन्जिङ डल्हा, कर्मा वाङ्ग्याल गरुङ, कर्मा शाक्य,लोटन निमलिङ्ग, जंग बहादुर लामा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

चलचित्रको कथा मिन भाम र अविनाशविक्रम शाहले लेखेका हुन् । सिनेमाको कथा मिन भाम र अविनाशविक्रम शाहले लेखेका हुन् । उच्च हिमाली गाउँकी एक गर्भवती महिलालाई श्रीमान्ले छोडेपछि आफ्ना देवरलाई लिएर उनको खोजीमा हिँडेकी महिलाको कथा सिनेमाले उठान गर्छ ।

सिनेमाको नेपाल रिलिजको जिम्मा एप्पल इन्टरटेनमेन्टले लिएको छ ।