‘शाम्बाला’को उपलब्धी सेलिब्रेट गर्न नसकेको भन्दै सरकारसँग रुष्ट निश्चल

‘शाम्बाला’को उपलब्धी सेलिब्रेट गर्न नसकेको भन्दै सरकारसँग रुष्ट निश्चल

नवीन भन्छन्– मीनको ट्रयाक रेकर्डले नै साम्बाला चल्छ, मीन भन्छन्,हेर्ने भए हलमा हेर्नुस्, युट्युबमा म बाचुन्जेल आउँदैन

द सिनेमा टाइम्स
357
Shares

द सिनेमा टाइम्स,काठमाडौं । निर्देशक निश्चल बस्नेतले सरकारको आलोचना गरेका छन् । नेपाली सिनेमाकर्मीको उपलब्धी र योगदानको मूल्यांकन र कदर सरकारले नगरेको उनको भनाइ छ ।

शुक्रबार निर्देशक मीन भामको सिनेमा ‘शाम्बाला’’को रिलिज डेट सार्वजनिक कार्यक्रममा सरकारले नेपाली सिनेमाको विश्वभर चिनाउने काम गरे पनि यसलाई राज्यले भने बुझ्न नसकेको बताए । नेपाली सिनेमा ‘शाम्बाला’ दक्षिण एसियाको प्रतिनिधित्व गर्दै ३० वर्षपछि ‘बर्लिन फिल्म फेस्टिभल’मा पुग्दा पनि  बेवास्था गरेकोले निश्चल सरकारसँग रुष्ट छन् ।

‘तीन दशकमा बर्लिनमा एसियाको प्रतिनिधित्व गर्दै नेपाली निर्देशकले बनाएको सिनेमा पुगेको छ,’ निश्चलले भने, ‘यो नेपालमात्र होइन दक्षिण एसियाकै उपलब्धी हो । नेपालको सरकारले यो एचिभमेन्टमा सेलिब्रेट गर्नुपर्ने थियो । तर गरेन ।’ ‘साम्बाला’सँग जोडिएर सानो-सानो काम गरेका अरु देशले यो हाम्रो पनि उपलब्धी हो भनेर सेलिब्रेट गरेको तर नेपाल सरकारले भने चासो नदिएको उनको भनाइ छ ।

वर्ल्ड सिनेमासँग प्रतिस्पर्धा गर्ने सिनेमा बनाउने निर्देशक नेपालमा रहेर सिनेमा बनाइ रहेपनि राज्य बेखबर रहेको उनको टिप्पणी छ । नेपालाई विश्वमा राजनीतिले मात्रै चिनाउने हो । राजनीतिबाटै चिनाइरहेका छौँ भन्ने लागेको होला हैन ?,’ सरकारप्रति गुनासो गर्दै उनले भने, ‘हामीले पनि देखिरहेका छौँ, कस्तो राजनीति गरेर तपाइँहरूले नेपाललाई चिनाइरहनु भएको छ ।’ राजनीतिले मात्रै विश्वमा देशलाई नचिनाउने निश्चल अगाडी भन्छन ।’

तेस्तै कमर्सियल सिनेमालाई प्राथमिकता दिने पत्रकार र सञ्चारमाध्यमले पनि फेस्टिभलमा पुगेका सिनेमालाई कमै मात्रै स्थान दिने गरेको उनले बताए ।

मीनको ट्रयाक रेकर्डले नै साम्बाला चल्छ निर्देशक नीवन सुब्बाले विश्वकै प्रतिष्ठित फेस्टिभलमा पुगेर १२/१४ हजारले हेर्ने विधामा छनोट हुनु ‘साम्बाला’को उपलब्धी भएको बताए । त्यसैले यो सिनेमा सफल भइसकेको उनको बुझाइ छ । मीन भामको ट्रयाक रेकर्डले नै ‘शाम्बाला’ले बक्सअफिसमा पनि राम्रो गर्नेमा उनी ढुक्क छन् ।

कमर्सियल र फेस्टिभल दुवैमा रुचाइने सिनेमा बन्नुपर्नेमा जोड दिँदै उनले भने, ‘फेस्टिभलमा जाने सिनेमा चल्दैनन् भन्ने भाष्य बनेको छ । यो भाष्य चिरिदै गएको छ । यो उपलब्धी हो ।’ कमर्सियल र आर्ट दुवै प्रकारका सिनेमा बन्नुपर्ने उनको धारणा छ ।

‘शाम्बाला’ बर्लिन फिल्म फेस्टिभलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको विधामा छनोट भएको थियो । उक्त फेस्टिभलको यो विधामा छनोट हुने ‘शाम्बाला’ पहिलो नेपाली फिचर सिनेमा हो । ‘शाम्बाला’ स्विट्जरल्यान्डको फिल्म फेस्टिभल लोकार्नोको ७७औँ संस्करणमा छनोट भएको छ । पियाजा ग्रान्डे विधामा ‘शाम्बाला’ छनोट भएको हो ।

यी बाहेक विश्वका थुप्रै फेस्टिभलमा यो सिनेमा छनोट भइसकेको छ । सिनेमाको प्रदर्शन मिति घोषणा कार्यक्रममा निर्देशक मीन भामले आफ्नो सिनेमा ‘शाम्बाला’ आजीवन युट्युबमा नआउने स्पष्ट पारे । आफ्नो पहिलो सिनेमा ‘कालोपोथी’ पनि युट्युबमा नआएको र ‘साम्बाला पनि युट्युबमा नआउने उनको भनाइ छ । सिनेमा युट्युबका लागि भनेर नबनाएको भन्दै उनले भने, ‘म युट्युबमा सिनेमा राख्दिनँ । मेरो पहिलो सिनेमा पनि युट्युबमा आएन । साम्बाला पनि आउँदैन ।

ओटीटीमा त सानो स्क्रिनमा हेर्नुपर्ने होला । तर म सिनेमा सकेसम्म हलमै हेरौँ भन्ने व्यक्ति हुँ ।’ युट्युबबाट केही पैसा आउने भएपनि आफू बाचुन्जेल त्यसमा कहिल्यै र कुनै पनि नराख्ने उनको भनाइ छ । नेपालकै मंहगो सिनेमा मीन भाम निर्देशित सिनेमा ‘साम्बाला’ हालसम्मकै नेपालको मंहगो सिनेमा बनेको छ । निर्माणपक्षका अनुसार यो सिनेमा निर्माणका लागि करिब १५ करोड लागको छ ।

‘यो सिनेमा निर्माणका लागि करिब १५ करोड रुपैयाँ लागेको छ,’ निर्देशक भामले भने । यो बजेट नेपाली सिनेमाको हालसम्मकै धेरै भएको निर्देशक बताउँछन् । सिनेमा डोल्पाको उच्च हिमाली भेगमा छायांकन गरिएको छ । अधिकांंश नन्एक्टर लिएर सिनेमामा मीनले काम गरेका छन् । २९ देशमा हल रिलिज हुने निश्चित यो सिनेमा नेपालमा भदौ २८ गते रिलिज गर्ने निर्देशक मिनले बताएका छन् ।

अन्य देशमा भन्दा पहिला हल रिलिज नेपालमा गर्न लागेको उनले जानकारी दिए । उनका अनुसार हालसम्म विश्वका २९ देशमा हल रिलिज हुने निश्चित भइसकेको छ । ‘हाम्रो सेल्स एजेन्टले ४० देशको राइट्स बिक्री भइसकेको जनाएको छ,’ उनले भने, ‘नेट्फिल्क्ससँग पनि संवाद भइरहेको छ । तर, सबैतिर रिलिज भइसकेपछि अन्तिममा नेट्फिल्क्समा जाने नेगोसिएसन भइरहेको छ । हेरौं के हुन्छ । तर यो फाइनल भइसकेको छैन ।’

सुनी फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको ‘शाम्बाला’मा थिन्ले ल्हामो, सोनम तोप्द्न, तेन्जिङ डल्हालगायतको मुख्य भूमिका छ । उच्च हिमाली गाउँकी एक गर्भवती महिलालाई श्रीमान् ले छोडेपछि आफ्ना देवरलाई लिएर उनको खोजीमा हिँडेकी महिलाको कथा यो सिनेमाले पेस गर्छ । सिनेमाको कथा मिन भाम र अविनाशविक्रम शाहले लेखेका हुन् ।