‘ह्रस्व दीर्घ’को नयाँ पोस्टरमा हरिहरदेखि सुनिलसम्म

‘ह्रस्व दीर्घ’को नयाँ पोस्टरमा हरिहरदेखि सुनिलसम्म

द सिनेमा टाइम्स
392
Shares

द सिनेमा टाइम्स, काठमाडौं – असोज ३ गते संविधान दिवसको अवसर पारेर प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘ह्रस्व दीर्घ’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । आइतबार सार्वजनिक सिनेमाको पोस्टरमा अभिनेता हरिहर अधिकारीलाई एंग्री योङ्गम्यानको रुपमा प्रस्तुत गरिएको छ ।

चन्द्र पन्तको डेव्यु निर्देशकिय सिनेमाको सार्वजनिक पोस्टरमा हरिहरका अलवा कवीर सिंह दुहान, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकारलाई फिचर्ड गरिएको छ । केही दिनमा सिनेमाको टिजर सार्वजनिक गर्ने तयारी निर्माण टिमको छ । सिनेमाको पोस्टरले दर्शकलाई उत्साहीत बनाउने विश्वास निर्देशक पन्तको छ ।

नीता फिल्मस्को प्रस्तुतीमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । सिनेमामा नीता ढुंगाना, ब्रह्मानन्दम, अली, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ ।

अभिनेता हरिहर अधिकारीको कथा र प्रतिक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमालाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् । नेपाली, तेलुगु र हिंन्दी गरी तीन भाषामा यो सिनेमा रिलिज हुनेछ । विजय वस्यालले पोस्टर डिजाइन गरेको सिनेमालाई मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण गर्दैछ ।