‘मोदीबेनी’ प्रदर्शनको संघारमा वर्षा र अमरले गरे बागमतीमा र्‍याफ्टिङको शुभारम्भ

‘मोदीबेनी’ प्रदर्शनको संघारमा वर्षा र अमरले गरे बागमतीमा र्‍याफ्टिङको शुभारम्भ

द सिनेमा टाइम्स
42
Shares

द सिनेमा टाइम्स, काठमाडौं – श्रावण १८ गते रिलिज हुने सिनेमा ‘मोदीबेनी’का कलाकार वर्षा सिवाकोटी र अमर प्रताप श्रेष्ठले बागमती नदिमा र्‍याफ्टिङको शुभारम्भ गरेका छन् ।

नेपाल नदी संरक्षण संस्था, फ्रेन्ड्स क्लब र बागमती सफाइ महाअभियानको सहकार्यमा बागमती नदी महोत्सव महाजल जात्रा अन्तर्गत शनिवार र्‍याफ्टिङको शुभारम्भ गरिएको हो ।

थापाथली पुलबाट चोभारसम्म वर्षा र अमरले र्‍याफ्टिङ गरेका थिए । अभिनेत्री वर्षा सिवाकोटीले नदी संरक्षणमा राज्यको दायित्व हुनुपर्ने बताइन् । अभिनेता अमरप्रताप श्रेष्ठले यो अभियानलाई सबैले मिलेर सफल बनाउन पर्ने र काठमाडौंमा र्‍याफ्टिङको मज्जा लिन पाउँदा आन्तरिक तथा विदेशी पर्यटकको लागि आकर्षण हुन सक्ने बताए ।

काठमाडौंमा नियमित र्‍याफ्टिङ हुनु भनेको ऐतिहासिक काम भएको र यो सबैको देन बागमती सभ्यता अभियानलाई जाने सामाजिक अभियन्ता चक्र चन्दले बताए ।

शंकर कोइरालाको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमामा सरोज खनाल, प्रवीण खतिवडा, रेजिना उप्रेती, दिलीप केसी, जीवन भट्टराई, कमलमणि नेपाल, स्नेहा भट्टराई, सुब्रतराज आचार्य, अनामिका लामिछाने, पूजन श्रेष्ठ, गोविन्द सुनार, सरोज अर्याल, हिउवाला गौतम लगायतको अभिनय रहेको छ ।

डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको सिनमामा दिलीप केसी निर्माता र हरि श्रेष्ठ सहनिर्माता रहेका छन् । सिनेमालाई आनन्द विक्रम क्षेत्रीले लेखेका हुन् । सिनेमामा उत्सव दाहालको छायांकन र भरत रेग्मीको सम्पादन छ ।