‘खुस्मा’ गीतमा धिरज र उपसनाको गजव केमेष्ट्री, असोज ३ को प्रतिक्षामा दर्शक

‘खुस्मा’ गीतमा धिरज र उपसनाको गजव केमेष्ट्री, असोज ३ को प्रतिक्षामा दर्शक

द सिनेमा टाइम्स
357
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता धिरज मगर र अभिनेत्री उपसना सिंह ठकुरीको मुख्य भुमिका रहेको सिनेमा ‘खुस्मा’ प्रदर्शनको तयारीमा छ । आगामी असोज ३ गते संविधान दिवसको अवसर पारेर प्रदर्शनमा आउन लागेको सिनेमाको पहिलो गीत केही दिन अगाडी सार्वजनिक गरिएको थियो ।

सिनेमाको सार्वजनिक गीतले युट्युबमा १२ दिनमा करिब ८ लाख नजिक भ्युज पाएको छ । यो सँगै १८ हजार बढि लाईक र १ हजार १ सय बढि कमेन्ट मिलेको छ । गीतलाई अधिकांश सकारात्कम प्रतिक्रिया मिलेको छ । त्यसका साथै अधिकांशले धिरज र उपासनको जोडी मिलेको भन्दै उनीहरुको तारिफ कमेन्ट बक्समा उत्तिकै देख्न सकिन्छ ।

सिनेमाको खुशीका फूल बटुलेर गीतमा एक कमेन्टर कुमार मगरले लेखेका छन्, ‘सारै मन पर्‍यो गित अनि धिरज र उपसनाको जोडी त्यति नै सुहाएको आँखा झिमिक नगरी कति चाँडै सकियो जस्तो भयो गित सम्पुर्ण टिमलाई अग्रीम शुभकामना ।’ अर्का कमेन्टर लीला सिजाली लेख्छन्, ‘रुकुम पूर्वको मनमोहक दृश्य, भेडीगोठ, गोठालो सवै अर्गानिक छन् । धिरज र उपासनाको जोडी एकदम सुहाएको छ । गितमा मिठास छ । असोज ३ को प्रतिक्षासहित ‘खुस्मा’ टिमलाई शुभकामना । सिनेमा धेरै चलोस ।’

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको सिनेमाको लेखन तथा निर्देशन अशोक थापा मगर गरेका हुन् । उनले यसअघि केही डकुमेन्ट्री सिनेमा लेखन तथा निर्देशन गरेपनि यो नै ठुलो पर्दाको पहिलो निर्देशकिय सिनेमा हो । डकुमेन्ट्री सिनेमाबाट निर्देशक थापाले नौ वटा बिभिन्न अर्न्तराष्ट्रिय सिनेमा महोत्सवबाट आवार्ड प्राप्त गरिसकेका छन् ।

सिनेमाका निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन र बेतान मगर छन्, भने सह-निर्मातामा मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी हुन् । मोहन राई कार्यकारी निर्माता रहेको सिनेमामा दिपक बज्राचार्यको छायांकन रहेको छ ।

सिनेमामा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।

मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित सिनेमाले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउने छ । एसडी योगी र छान्जु पार्क (कोरियन) को संगीत, सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको सिनेमाको वितरण गोविन्द शाहीको काफिया फिल्मस्ले गर्नेछ ।