‘घर नम्बर २’मा आर्यनको प्रवेश

‘घर नम्बर २’मा आर्यनको प्रवेश

द सिनेमा टाइम्स
161
Shares

द सिनेमा टाइम्स, काठमाडौं । ‘के घर के डेराः घर नम्बर २’को लाइनअप बलियो बनेको छ । यो सिनेमाको निर्माणपक्षले  मुख्य तीन पुरुष पात्रहरु फाइनल गरेको छ ।

सिनेमामा नायक आर्यन सिग्देलको प्रवेश भएको छ । निर्माणपक्ष र आर्यनबिच लिखित संझौता भइसकेको छ ।  आर्यनको कस्तो भूमिका छ भन्ने बिषयमा भने केही पनि खुलाइएको छैन । तर, आफ्नो भूमिका रसिनेमालाई लिएर आर्यन भने उत्साहित देखिएका छन् ।

आर्यनले अभिनय गरेको फिल्म ‘पुजार सार्की’ जेठ १० गतेबाट रिलिजमा आएको थियो । यो सिनेमा बक्स अफिसमा हिट भयो ।

दीपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको यो सिनेमाको छायांकन साउनको २५ गतेबाट सुरु हुँदैछ ।  यसअघि नै खगेन्द्र लामिछाने, निश्चल बस्नेत फाइनल भइसकेका छन् । निर्माणपक्षका अनुसार, अब सिनेमाका लागि मुख्य दुई नायिका फाइनल गर्न बाँकी छ ।

ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण हुन लागेको यो सिनेमाको कथा बुद्धि सागरले लेखिरहेका छन् ।  शरद श्रेष्ठ, किरण महर्जन र राजिव श्रेष्ठको लगानी छ ।

काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र काठमाडौं बाहिर एफडी कम्पनीले सिनेमा वितरण गर्ने पक्का भइसकेको छ ।सामाजिक कथावस्तुलाई रोचक तरिकाले फिल्ममा प्रस्तुत गर्ने निर्देशक खनालले जानकारी दिए । सिनेमालाई यही बर्ष रिलिज गर्ने तयारी निर्माणपक्षको छ ।