प्रकास सपुतको ‘पुर्ण बहादुर सारङ्गी’को ४० दिनमा प्याकअप

प्रकास सपुतको ‘पुर्ण बहादुर सारङ्गी’को ४० दिनमा प्याकअप

द सिनेमा टाइम्स
112
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गायक तथा अभिनेता प्रकाश सपूतले सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’को छायांकन सकाएका छन् । ओखलढुङ्गाको रुम्जाटार क्षेत्रमा ३६ दिन र काठमाडौंमा ४ दिन गरी ४० दिनमा सिनेमा ‘प्याकअप’ भएको हो ।

निर्माता विनोद पौडेलले अब पोस्ट प्रोडक्सनको काम सुरु गरेर अर्को वर्षभित्र रिलिज गरिने बताएका छन् । यो सिनेमामा कलाकारको ‘लाइनअप’ बलियो छ । सिनेमामा प्रकाशका अलवा माओत्से गुरुङ, देशभक्त खनाल, अञ्जना बराइली, मुकुन भुसाल, बुद्धि तामाङ, विजय बराल, भोलाराज सापकोटा, विनोद न्यौपाने, जान्भि पौडेल, स्वायम् केसीको अभिनय रहेको छ ।

नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दै आइरहेको कम्पनी सेभेन सिज इन्टरटन्मेन्टको ब्यानरमा निर्माण गरिएको हो । सिनेमाको निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी तथा कार्यकारी निर्माता रमेश चौलागाई र हरि श्रेष्ठ हुन् ।

सिनेमाले गन्धर्व परिवारको कथा उठाएको छ । सिनेमालाई सरोज पौडेलले निर्देशन गरेका हुन् । निर्देशक पौडेल स्वयंको कथा रहेको सिनेमामा महेश दवाडीको पटकथा र संवाद लेखन छ ।