‘कल्ली’ निर्माणको घोषणा, चैत्र २९ गतेबाट रिलिज हुने

‘कल्ली’ निर्माणको घोषणा, चैत्र २९ गतेबाट रिलिज हुने

द सिनेमा टाइम्स
280
Shares

द सिनेमा टाइम्स, काठमाडौं । रेड बर्ड प्रोडक्शन र  कस्तुरी प्रोडक्शनको ब्यानरमा सिनेमा निर्माणको घोषणा गरिएको छ । निर्माता किरण नेपालीको प्रस्तुतिमा तयार हुन लागेको नयाँ सिनेमाको नाम ‘कल्ली’ राखिएको छ ।  लक्ष्मण सुनारको कथा तथा निर्देशन रहनेछ । उनको निर्देशनमा बन्ने यो सिनेमा पनि केही फरक र विशेष हुने अपेक्षा गर्न सकिन्छ ।

सिनेमामा महेश दवाडीको पटकथा तथा संवाद छ । निर्माण प्रमुख सुरज आचार्य हुन् । यो सिनेमाको मुख्य भूमिकामा अभिनेता पल शाह र अभिनेत्री बेनिशा हमालले काम गर्ने पक्का भएको छ ।

सिनेमाको छायांकन अगावै निर्माण पक्षले पल र बेनिशाको गेटअप समेत सार्वजनिक गरेको छ । सार्वजनिक तीन पोस्टरमा पल शाह एङ्ग्री अवतारमा देखिएका छन् भने बेनिशाको अवतार केही भिन्न छ । हातमा अग्नी बोकेकी बेनिशाको गेटअपले दर्शकलाई केही फरक अनुभुती हुने निश्चित छ । एउटा पोष्टरमा बेनिशाको आँखाबाट आँशु झरेको देख्न सकिन्छ ।

पल शाह र बेनिशा हमालले पहिलो पटक एकसाथ पर्दामा काम गर्न लागेका हुन् । सिनेमाको  लाई नयाँ बर्षको छेको पारेर चैत्रको २९ गतेबाट रिलिज गर्ने घोषणा निर्माणपक्षले गरेको छ । तिहारपछि  छायांकन सुरु हुने सिनेमाको  पोष्टरलाई राकेश दाहालले तयार पारेका हुन् ।