दयाहाङले सुरु गरे ‘कार्साङ’को छायांकन

दयाहाङले सुरु गरे ‘कार्साङ’को छायांकन

द सिनेमा टाइम्स
217
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता दयाहाङ राईको मुख्य भुमिका रहेको सिनेमा ‘कार्साङ’को छायांकन सुरु भएको छ । साउन १५ गते मंगलबारबाट सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकास्थित यार्सामा सिनेमाको शुभमुहूर्त गर्दै छायांकन थालिएको हो ।

सिनेमाका मुख्य अभिनेता राईले सिनेमाको मुहूर्त सर्ट दिएको निर्माता तथा छायांकार प्रधानले बताए । आजबाट लगातार १ महिनाको छायांकन सेड्युल राखिएको उनको भनाई छ ।

सामाजिक कथावस्तुमा निर्माण हुने सिनेमामा दयाहाङ राई, सृजना निङ्लेकु, जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, छिरिङ शेर्पा र सरिता गिरी, माओत्से गुरुङ, सम्राट क्षेत्री, राशी लिम्बु, सोहन थापा, कर्मा शेर्पा, छोकी शेर्पा, पवन गोले, सञ्जय ढुंगाना र सृष्टि ढुंगानाको अभिनय रहने छ । यही सिनेमाबा सृजना र छिरिङले डेब्यु गर्दैछन् ।

यार्सा फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को प्रस्तुतिमा निर्माण हुन लागेको सिनेमालाई यम शेर्पाले निर्देशनमा गर्दैछन् । उनको यो डेब्यू निर्देशकिय सिनेमा हो । सिनेमामा उनी स्वयंमको कथा, पटकथा तथा संवाद लेखन रहेको छ । सिनेमाका निर्माता पुरुषोत्तम प्रधान हुन् । सिनेमामा निर्माता प्रधानकै डिओपी रहने छ ।

गोविन्द बोहरा सह-निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता आङछिरिङ शेर्पा, लाइन प्रोड्युसर वीरेन्द्र शाही हुन् । मनोज थापा मगर, बरिष्ठ सेलो गायक एवम् संगीतकार विश्व दोङ संगीत रहने सिनेमाको मुख्य सहायक निर्देशकमा सुदीप कुँवर, अभि लामाको कोरियोग्राफी, दिलीप पन्त प्रोडक्शन म्यानेजर हुन् । सिनेमाको बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिका विभिन्न स्थानमा छायांकन गरिने छ ।