‘घरज्वाइँ’ विवादमा प्रज्ञा प्रतिष्ठानले भन्यो : ‘रोदी’ शब्द पश्चिम नेपालका जनजाति समुदायमा प्रचलित

‘घरज्वाइँ’ विवादमा प्रज्ञा प्रतिष्ठानले भन्यो : ‘रोदी’ शब्द पश्चिम नेपालका जनजाति समुदायमा प्रचलित

द सिनेमा टाइम्स
1.8k
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गत असार २८ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘घरज्वाइँ’मा विवादमा फसेको छ । सिनेमामा समावेश रोदी शब्दका कारण सिनेमा विवादमा फसेको हो ।

गुरुङ समुदायले सिनेमामा रोधी/रोदी शब्दलाई गलत चित्रण गरिएको भन्दै एक विज्ञप्ती सार्वजनिक गर्दै उक्त शब्द सिनेमाबाट हटाउन माग गरेको थियो । आफुहरुको यो मागलाई निर्माण टिमले अटेर गरेको भन्दै गुरुङ संस्था तमु धिंले सोमबार गण्डकी प्रदेशका विभिन हललाई अनिश्चित कालका लागि बन्द गर्न पत्र काटेको थियो । यो पत्र सार्वजनिक भएसँगै नेपाल मगर संघसँग आवद्ध विभिन्न संस्थाले ‘रोदी’ शब्द आफुहरुको पनि भएको भन्दै गुरुङ संस्था तमु धिंको प्रतिकारमा उत्रेको थियो ।

सिनेमासँग सम्बन्धित यो विवादलाई समाधानका लागि नेपाल मगर संघ नेपालका विभिन्न संस्थाका प्रतिनित्रि नेपाल प्रज्ञा प्रतिष्ठानको कार्यलय कमलादी पुगेका थिए । नेपाल मगर संघका प्रतिनिधि मगर समुदायको अमूर्त संस्कृतिहरु प्रमाणिकरण अभियानको व्यानरसहित प्रज्ञा प्रतिष्ठान पुगेका थिए ।

नेपाल मगर संघको विरोध पश्चात बुधबार प्रज्ञा प्रतिष्ठानले एक विज्ञप्ती सार्वजनिक गर्दै प्रस्तुत विषयमा प्रज्ञा नेपाली बृहत शब्दकोशमा २०७९ मा ‘रोदी’ शब्दको अर्थ बिशेषत : ‘गुरुङ जातिमा प्रचलित’ छ भन्ने उल्लेख भए पनि नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित भएका विभिन्न कृतिहरुका आधारमा हेर्दा उक्त ‘रोदी’ संस्कृति मगर, गुरुङलगायत पश्चिम नेपालमा बस्ने विभिन्न आदिबासी, जनजातिहरुमा प्रचलित रहेको पाइएको बेहोरा प्रमाणित गरेको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानको विज्ञप्ती पश्चात सिनेमालाई लिएर भैरहेको विवाद मन्थन हुने विश्वास निर्माता जनक घर्ती मगरको छ । निर्माता जनकले भने, ‘हामीले कुनैपनि जाति र समुदायलाई ठेस पुर्याउने उद्देश्यले सिनेमामा यो शब्द मगर समुदायमा प्रचलित रहेकाले प्रयोग गरेको हुँदा यसमा कुनैपनि जाति र समुदायले चित्त दुखाउन नहुने बताउँछन् ।’