‘पिताम्बर’को वर्कसप जारी, भदौबाट छायांकन

‘पिताम्बर’को वर्कसप जारी, भदौबाट छायांकन

द सिनेमा टाइम्स
602
Shares

द सिनेमा टाइम्स, काठमाडौं – भदौबाट दोस्रो चरणको छायांकनको तयारी भैरहेको सिनेमा ‘पिताम्बर’को यतिवेला धमाधम वर्कसप चलिरहेको छ । काठमाडौं थापागाउँस्थित कान्तिपुर फिल्म एकेडेमीमा अहिले सिनेमाको वर्कसप चलिरहेको निर्देशक कृषा चौलागाईले जानकारी दिइन् ।

‘पिताम्बर’ निर्देशक कृषाको ‘ऐंचो पैंचो’ पश्चात दोस्रो निर्देशकिय सिनेमा हो । यो उनको ड्रिम प्रोजेक्ट समेत रहेको बताइएको छ । भदौ १ गतेबाट छायांकनमा जाने सिनेमामा कलाकारको बलियो लाइनअप छ ।

सिनेमामा सौगात मल्ल, प्रदीप खड्का, आँचल शर्मा, प्रमोद अग्रहरी, अनुप विक्रम शाही, दिव्य देव, सुरक्षा पन्त, कामेश्वर चौरासिया, सुपुष्पा भट्ट, गौरव बिष्ट, र बिशाल पहारीको अभिनय रहनेछ । सिनेमाको पहिलो चरणको छायांकन गत वर्षको फागुनमा नवलपरासीमा गरिएको थियो । स्टार अभिनेता प्रदीप खड्का ‘पिताम्बर’मा एक्सन अवतारमा देखिनेछन् ।

 

केपी फिल्मस्ले पुरुषोत्तम प्रधान फिल्मस्सँग सहकार्य गरेको ‘पिताम्बर’लाई पुरुषोत्तम प्रधानले खिच्नेछन् । सिनेमाको निर्मातामा विशाल चौलागाई छन् । प्रदीप भारद्धाजको लेखन रहेको सिनेमाको बजेट ५ करोड बताइएको छ ।