चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन खुल्यो

चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन खुल्यो

द सिनेमा टाइम्स
224
Shares

द सिनेमा टाइम्स, काठमाडौं – चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दरखास्त आह्वान गरेको छ । मन्त्रालयले बुधबार योग्यता पुगेका इच्छुक व्यक्तिलाई १५ दिनभित्र आवेदन दिन सूचना जारी गरेको हो ।

सार्वजनिक सूचना अनुसार आवेदकले मान्यता प्राप्त शिक्षण संस्थाबाट कुनै विषयमा कम्तिमा पनि स्नातक तह उत्तीर्ण गरी नेपाली सिनेमा उद्योगको स्थापना, विकास संरक्षण, संवद्र्धन तथा प्रवद्र्धनमा निरन्तर कम्तिमा १० वर्ष काम गरेको योग्यता तोकिएको छ ।

प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेकाहरुले भने नेपाली सिनेमा उद्योगको स्थापना, विकास संरक्षण, संवद्र्धन तथा प्रवद्र्धनमा निरन्तर रूपमा कम्तिमा १० वर्ष काम गरेको हुनुपर्ने योग्यता योग्यता तोकिएको छ ।

यसअघि चलचित्र विकास बोर्डको अध्यक्ष भुवन केसी थिए । साउन ८ गते उनले आफ्नो कार्यकाल पूरा भएपछि बोर्डबाट बिदाइ लिइसकेका छन् । भुवनको कार्यकाल सकिएपछि बोर्ड अध्यक्षविहीन छ ।