सुशिलको ‘आउट ल : दफा २१९’को जापान राइट्स बिक्रि

सुशिलको ‘आउट ल : दफा २१९’को जापान राइट्स बिक्रि

द सिनेमा टाइम्स
119
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता सुशिल श्रेष्ठको मुख्य भुमिका रहेको सिनेमा ‘आउट ल : दफा २१९’ को टिजर रिलिजसँगै चर्चा चुलिएको छ । सिनेमाको टिजर सार्वजनिक भएपछि अभिनेता श्रेष्ठको गेटअप, एङ्ग्री लुक्स र मेकिङको तारिफ भइरहेको छ ।

सिनेमाको टिजर रिलिज भएपछि विदेश माग पनि बढेको दाबी निर्माण कम्पनिको छ । यसैबीच सिनेमाको जापान राइट्स बिक्रि भएको जानकारी निर्माताले दिएका छन् । सिनेमाको जापान राइट्स युएनए इन्टरटेनमेन्टले खरिद गरेको हो । यो कम्पनीका प्रमुख उज्ज्वल गुरागाईंले टिजर सार्वजनिक भएपछि दर्शकमा उत्साह बढेकाले सिनेमाको जापान रिलिज अधिकार खरिद गरेको बताए ।

असोज ३ गते संविधान दिवसको अवसर पारेर प्रदर्शनमा आउन लागेको सिनेमामा सुशिलका अलवा शिक्षा संग्रौला, नरेश पौड्याल, सुमन भण्डारी, हेम गुरुङ, सोनी ल्यागुन र बिशाल पहारीको अभिनय रहेको छ । चुल्ठे काजीको एक्सन रहेको सिनेमालाई अशोक शर्माको डिसिएनले वितरण गर्दैछ ।

बिक्की महर्जको लेखन तथा निर्देशन रहेको सिनेमामा अमित अग्रहरीको लगानीरहेको छ । विनोद कडायत कार्यकारी निर्माता रहेको सिनेमाको सह-निर्माता बिकाश चौधरी हुन् ।

स्याडो पिक्चर्स तथा रेट्रो फिल्मस्को व्यानर निर्माण भएको सिनेमामा नवीन गुरुङको छायांकन र ट्रेलर मास्टर साहिल खानको सम्पादन रहेको छ ।