प्रिमियर शोमा ‘मोदीबेनी’ राम्रो बनेको प्रतिक्रिया

प्रिमियर शोमा ‘मोदीबेनी’ राम्रो बनेको प्रतिक्रिया

द सिनेमा टाइम्स
56
Shares

द सिनेमा टाइम्स, काठमाडौं – भोली शुक्रवार रिलिज हुने सिनेमा ‘मोदीबेनी’को काठमाडौंमा प्रिमियर भएको छ । प्रिमियरमा नेपाली सिनेमा क्षेत्रका व्यक्तित्वहरू, राजनीतिक व्यक्तित्वहरू तथा सञ्चार क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । ‘मोदीबेनी’लाई प्रिमियर शोबाट राम्रो प्रतिक्रिया मिलेको छ ।

प्रिमियरमा वर्षा, अमर, रेजिना, स्नेहाका अलवा प्रवीण खतिवडा, दिलीप केसी, कमलमणी नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, सरोज लामिछाने, सुब्रत आचार्य, रोजी श्रेष्ठ, पूजन श्रेष्ठ, निर्देशक शंकर कोइराला, डिओपी उत्सव दाहाल, सम्पादक भरत रेग्मी, निर्माताहरू दिलीप केसी र हरि श्रेष्ठ सहित क्रियटिभ तथा प्राविधिक टिमको पनि सहभागिता थियो ।

प्रिमियर शोमा सिनेमा हेर्न प्रतिनिधि सभा सदस्य शोबिता गौतम, पत्रकार दिल भुषण पाठक, कलाकारहरू रमेश उप्रेती, निर्मल शर्मा, विजय बराल, अञ्जना बराइली, मुकुन भुसाल, कलाकार तथा निर्देशक दीपा श्री निरौला, निर्देशक शोभित बस्नेत, कमेडियन हिमेश पन्त लगायत पुगेका थिए । सिनेमाले कसैको मृत्युपश्चात् भएको एउटा अविश्वसनीय कथामा आधारित रहेर प्रेम, बदला र पारिवारिक कथा भनेको छ ।

प्रतिनिधि सभा सदस्य शोबिता गौतमले सिनेमाको प्राविधिक तथा क्रियटिभ काम मन परेको प्रतिक्रिया दिइन् । कलाकार हिमेश पन्तले सिनेमा रमाइलो र ट्विस्ट रहेको बताए । कलाकार विजय बरालले आफूलाई यो सिनेमा ‘सोसल ड्रामा’ लागेको बताए । कलाकार मुकुन भुसालले सुन्दै आएको कथालाई यो सिनेमामा हेर्न पाएको बताए । कलाकार तथा निर्माता निर्मल शर्माले आफूले सोचेको भन्दा पनि राम्रो सिनेमा बनेको प्रतिक्रिया दिए ।

अभिनेत्री तथा निर्देशक दीपा श्री निरौलाले आफूलाई सिनेमाको ट्रेलरले नै प्रिमियरसम्म तानेको र अपेक्षा अनुसार कै सिनेमा बनेको प्रतिक्रिया दिइन् । सिनेमाका डेव्यु अभिनेता अमर प्रताप श्रेष्ठ, अभिनेत्री वर्षा सिवाकोटी सहित सबै कलाकारको काम उत्कृष्ट रहेको प्रतिक्रिया दिइन् । उनले नेपाली सिनेमामा धेरैपछि यस प्रकारको हेर्न पाएको र आफूलाई निकै मज्जा आएको बताइन् ।

अभिनेता रमेश उप्रेतीले हेर्दै आएका सिनेमाहरू भन्दा फरक लागेको बताए । निर्देशक शोभित बस्नेतले ‘मोदीबेनी’ साँच्चिकै राम्रो बनेको भन्दै धेरै पछि अभिनेत्री रेजिना उप्रेतीलाई ठुलो पर्दामा देख्दा खुसी लागेको बताए । उनले निर्देशकको काम पनि मन परेको प्रतिक्रिया दिए । अभिनेत्री अञ्जना बराइलीले नयाँ कलाकारहरूको काम झनै राम्रो रहेको बताइन् ।

सिनेमाको लागि उत्कृष्ट प्रतिक्रिया पाएपछि पहिलो पटक निर्देशन गरेका शंकर कोइरालाले आफ्नो सपना साकार भएको बताए । शुक्रवार रिलिज हुने ‘मोदीबेनी’ले देशभर उल्लेख्य शोहरू प्राप्त गरेको छ । प्रिमियरबाट प्राप्त प्रतिक्रियाले दर्शकमा सिनेमाप्रति आकर्षण बढ्ने अपेक्षा गरिएको छ ।