अर्जुन कुमारको ‘सानो संसार’ पोस्टर सार्वजनिक

अर्जुन कुमारको ‘सानो संसार’ पोस्टर सार्वजनिक

द सिनेमा टाइम्स
238
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अर्जुन कुमारको लगानीमा निर्माण भएको सिनेमा ‘सानो संसार’को पोस्टर सार्वजनिक भएको छ । दशैं घटस्थापना अर्थात असोज १७ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमाको पोस्टरमा मुख्य चार पात्रलाई चित्रण गरिएको छ ।

पारिवारिक कथावस्तुमा बनेको यो सिनेमाबाट हाँस्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’की श्रीमती सीतादेवी तिमल्सेनाको मुख्य भुमिका रहेको छ । सिनेमामा उनलाई गृहणीको रोलमा देख्न सकिन्छ । सिनेमाको पोस्टर सामाजिक सञ्जाल फेसबुकमा सेयर गर्दै निर्माता अर्जुन कुमारले लेखेका छन्, ‘सानो संसार, ठूलो आशा ।’

सिनेमामा सीताका अलवा राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर सिवाकोटीको अभिनय रहने छ । यी सवै कलाकारले नेपाली रजतपटमा डेव्यु गर्दैछन् । सिनेमाको छायांकन काठमाडौं, धादिङ र नुवाकोटमा गरिएको हो ।

अर्जुन कुमार फिल्मस् र राजधानी मिडिया एड प्रोडक्सनको व्यानरमा ‘सानो संसार’ निर्माण भएको छ । सिनेमामा सम्पुर्ण नयाँ कलाकारलाई लिएर आफुले काम गरेको र एक पटक सवै नयाँ नै हुने भएकाले प्रोहत्सान गरेको निर्माता अर्जुनले बताए । यो एकदमै फ्रेस स्टोरी हो । निर्देशक सिद्धार्थ पुडासैनीको कथा मन परेकाले आफुले यो सिनेमामा लगानी गरेको उनको दाबी छ ।

सिद्धार्थले यही सिनेमाबाट लेखन तथा निर्देशनमा डेव्यु गर्दैछन् । उनलाई सिनेमाको कथा लेखनमा सरिष्मा पुडासैनीले सघाएकी छन् । सिनेमाको डिजिटल पाटर्नर म्युजिक नेपाल र क्रिएटिभ पाटर्नर टुनामुना कन्सेप्ट रहेको छ ।