शुक्रबारबाट प्रदर्शनमा आए ‘मोदीबेनी’ र ‘शिरफूल’

शुक्रबारबाट प्रदर्शनमा आए ‘मोदीबेनी’ र ‘शिरफूल’

द सिनेमा टाइम्स
112
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री वर्षा सिवाकोटी र डेव्यु अभिनेता अमर प्रताप श्रेष्ठको मुख्य भुमिका रहअ‍ेको सिनेमा ‘मोदीबेनी’ आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । यो सिनेमा पहिलो दिन राम्रो शोसहित प्रदर्शनमा आएको वितरक करण श्रेष्ठले बताए ।

शंकर कोइरालाको डेव्यु निर्देशन रहेको सिनेमामा वर्षा र अमरका अलवा रेजिना उप्रेती, प्रवीण खतिवडा, सरोज खनाल, दिलीप केसी, जीवन भट्टराई, कमलमणि नेपाल, स्नेहा भट्टराई, सुब्रतराज आचार्य, अनामिका लामिछाने, पूजन श्रेष्ठ, गोविन्द सुनार, हिउवाला गौतमको अभिनय छ । रेजिना उप्रेतीको यो नौ वर्षपछिको कमब्याक सिनेमा हो ।

डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको सिनेमामा दिलीप केसी निर्माता र हरि श्रेष्ठ सह-निर्माता रहेका छन् । सिनेमालाई आनन्द विक्रम क्षेत्रीले लेखेका हुन् । सिनेमामा उत्सव दाहालले छायांकन र भरत रेग्मीको सम्पादन छ । यो सिनेमालाई काठमाडौं उपत्यकामा रिच इन्टरटेन्मेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले रिलिज गरेका हुन् ।

यस्तै, आज शुक्रबारबाट नै कमल एक्चै मगरको निर्देशनमा निर्माण भएको सिनेमा शिरफूल पनि प्रदर्शनमा आएको छ । सिनेमामा रुपा राना, राज थापा, देवराज आले, विनिता थापा मगर, सुनिल रोका, कमल एक्चै मगर, पुजा गदाल, लिला गुरुङ, किरण मगर, नीता पुन लगायतको अभिनय छ । आशिर्वाद पुन मगर र माया छन्त्याल पुनको लगानी रहेको सिनेमामा देवराज आले मगरको कथा तथा राज थापा र राजु युगिनको पटकथा तथा संवाद छ ।