ओस्कारमा सहभागी हुन चाहने नेपाली सिनेमाका लागि आवेदन खुल्ला

ओस्कारमा सहभागी हुन चाहने नेपाली सिनेमाका लागि आवेदन खुल्ला

द सिनेमा टाइम्स
42
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ओस्कार अवार्डको आगामी संस्करणका लागि नेपालस्थित अन्तर्राष्ट्रिय फिचर छनोट समितिले सिनेमाको आवेदन मागेको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै समितिले ९७ औं ओस्कारका लागि आवेदन खुल्ला गरेको जानकारी दिएको हो ।

शुक्रबार सार्वजनिक सूचनामा उल्लेख भए अनुसार २०८० कात्तिक १५ देखि २०८१ असोज १४ सम्म सार्वजनिक प्रदर्शनमा आएका सिनेमाले प्रतिस्पर्धामा भाग लिन पाउने छन् ।

यसका लागि भदौ २७ गतेसम्म समितिमा सिनेमा दर्ता भइसक्नुपर्ने जनाइएको छ । दर्ता गर्न दिइएको समयभित्र रिलिज नभएपनि सेप्टेम्बरभित्र सिनेमाको प्रदर्शन मिति घोषणा गरिसकेका सिनेमाले पनि दर्ता गर्न पाउने समितका अध्यक्ष राजु केसीले बताए ।

ओस्कारमा दर्ता गर्नका लागि सार्वजनिक सूचनामा योग्यताका लागि आवश्यक प्राविधिक मापदण्ड पनि तोकिएको छ । ओस्कार अवार्ड २ मार्चमा अमेरिकाको लस एन्जलसमा आगामी आयोजना हुँदैछ ।