‘वर एण्ड वधु’को दोस्रो गीत ‘इतिहास मै चर्चा चल्छ’ सार्वजनिक

‘वर एण्ड वधु’को दोस्रो गीत ‘इतिहास मै चर्चा चल्छ’ सार्वजनिक

द सिनेमा टाइम्स
98
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मिलन चाम्सको निर्देशनमा निर्माण भएको सिनेमा ‘वर एण्ड वधु’को दोस्रो गीत ‘इतिहास मै चर्चा चल्छ’ सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक गरिएको गीतमा अर्जुन पोखरेलको संगीत, मुक्त उदासको शब्द रचना तथा राजेश पायल राई र मेलिना राईको स्वर सुन्न सकिन्छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा सिनेमाका मुख्य कलाकार आँचल शर्मा, डेव्यु अभिनेता विवेक कर्माचार्य, गरिमा शर्मा, कुसुम शर्मा, विजु पार्की, विजय लामा, किरण केसी, रवीन्द्र खड्का, अंशु महर्जन, सृष्टी खड्का लगायतका कलाकार फिचर्ड छन् । भदौ १४ गते रिलिज हुने सिनेमाको सार्वजनिक डान्सिङ नम्बरले दर्शकको मन जित्ने विश्वास निर्माण टिमको छ ।

एलआरके इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमामा जानुका थापाको लगानी छ । अमृत रिजाल सिनेमाका कार्यकारी निर्माता हुन् । सिनेमामा सुदीप बरालको डीओपी, मिलन श्रेष्ठको सम्पादन, साहिल खानको ट्रेलर, कविराज गहतराज र अनिसा स्याङ्देनको कोरियोग्राफी, हिमाल केसीको एक्सन छ ।

सिनेमाको कथा प्रदीप भारद्धाजले लेखेका हुन् । केही समय पहिले सार्वजनिक यो सिनेमाको पहिलो गीत ‘तिमी सँग’ले दर्शकको साथ पाइरहेको छ ।