‘१२ गाउँ’ दशैंको फूलपातिमा रिलिज हुन लागेको हो ?

‘१२ गाउँ’ दशैंको फूलपातिमा रिलिज हुन लागेको हो ?

द सिनेमा टाइम्स
749
Shares

द सिनेमा टाइम्स, काठमाडौं – एक्सन स्टार विराज भट्टको निर्माण तथा निर्देशन रहेको सिनेमा ‘१२ गाउँ’को हालसम्म प्रदर्शन मिति घोषणा गरिएको छैन् । गत महिला एक पोस्टर सार्वजनिक गरेर सिनेमा दशैंमा रिलिज हुने घोषणा निर्माण टिमले गरेको थियो । तर, सिनेमा दशैंको कुन मितिमा रिलिज हुने जानकारी दिएको छैन् ।

यसैबीच बिहीबार एक पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले सिनेमाको टिजर चाँडै रिलिज हुन लागेको जानकारी दिएको थियो । उक्त पोस्टरमा पनि सिनेमाको प्रदर्शन मिति दशैं मात्र लेखिएको छ । सिनेमा बजारमा चलिरहेको हल्लालाई सत्य मान्ने हो भने ‘१२ गाउँ’ दशैंको फूलपाति अर्थात् असोज २४ गते नै रिलिज हुनेछ । यसको घोषणा टिजर रिलिजसँगै गर्ने तयारी विराजको छ ।

यो सिनेमाबाट विराजका छोरा समीर भट्टले डेव्यु गर्दैछन् । सिनेमाको टिमले सार्वजनिक गरेको समीरको पोस्टरले दर्शकमाझ राम्रो चर्चा बटुली रहेको छ । उनले नेपाली सिनेमा इतिहासकै उच्च स्तरीय एक्सन पस्किने तयारी ‘१२ गाउँ’ मार्फत् गरेका छन् । यो सिनेमाबाट दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेव्यु गर्दैछन् ।

सिनेमामा विराज, समीर, न्यान्सी र सनिशाका अलवा मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहनेछ । सिनेमामा विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको छ ।

विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतीमा निर्माण भएको सिनेमामा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ । एक्सन–थ्रिलर कथामा बन्न लागेको सिनेमाका लागि विराजले भारतबाट द्वन्द्व निर्देशक ल्याएका छन् ।

तमिल तथा कन्नड सिनेमामा द्वन्द्व निर्देशक भएर काम गरेका स्टन्ट सिल्भालाई द्वन्द्व निर्देशनमा शंकर महर्जनले सघाएका छन् । महेश पौडेल छायांकन रहेको सिनेमाको काठमाडौं, ललितपुर, विरगञ्ज र हेटौंडामा छायांकन गरिएको छ । सिनेमाको वितरण काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले गर्नेछ ।