‘होस्टेल ३’ फागुन १६ गते रिलिज हुने, आशिष घिमिरेले डेब्यु गर्दै

‘होस्टेल ३’ फागुन १६ गते रिलिज हुने, आशिष घिमिरेले डेब्यु गर्दै

द सिनेमा टाइम्स
294
Shares

द सिनेमा टाइम्स,काठमाडौं । निर्माणाधीन नेपाली सिनेमाहोस्टेल ३’ले छायांकन अगावै रिलिज मिति घोषणा गरेको छ । भदौ २१ गते छायांकनमा जान लागेको यो सिनेमा आगामी फागुन १६ गते विश्वभर एकसाथ रिलिज गर्ने निर्णय गरेको निर्देशक सशान कँडेलले बताए ।

यसअघि प्रमुख भूमिकामाकुल ब्वायअर्थात् पारस बम, रिहान गिरी, पदम तामाङ सिम्रन पन्त अनुबन्धित भइसकेका छन् । अब यो सिनेमामा अर्को प्रमुख भूमिकामा नयाँ पात्रको प्रवेश भएको छ, उनी हुन् आशिष घिमिरे।

आशिषमाग्ने बुढा’को नामबाट परिचित प्रसिद्ध कलाकार केदार घिमिरेका छोरा हुन् । आशिषले बाल्यकालमा चर्चित हास्य टेलि शृङ्खलामेरी बास्सैमा आफ्नै पितासँग ‘धुन्धुकारी’ नामक छोराको भूमिकामा अभिनय गरेका थिए । उनी सो शृङ्खलामा निकै चर्चित थिए ।

यस्तै, ‘होस्टेल ३’मा अर्की कलाकार हेना नगरकोटी पनि अनुबन्धित भएकी छन् । हेना थियटर पृष्ठभूमिबाट सिनेमामा प्रवेश गरेकी हुन् । उनले एक्टर स्टुडियोमा लामो समय नाटक गरेकी छन् भने वेब सिरिजहरूखेल’ साहु बा’मा पनि अभिनय गरेकी छन् । सिनेमा ‘बाइरोड’मा समेत उनले अभिनय गरेकी छन् ।

होस्टेल को लागि माधव शर्माले स्क्रिप्ट लेखेका छन् । यसको कथा भने निर्देशक कँडेलले नै लेखेका हुन् ।होस्टेल ३’लाई सम्मानइन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा बनाउँदै छ । यसका कार्यकारी निर्माता शंकर कोइराला हुन् भने निर्माताहरू कर्ण कार्की गोविन्द अधिकारी हुन् । सह-निर्माताहरू सुधा मरहट्ठा, सुरेश कँडेल अर्जुन सापकोटा हुन् । लाइन प्रोड्युसर भेषराज गौतम हुन् ।