सेभेन सिज सिनेमाको प्रस्तुतीमा ‘रोल नं १’ निर्माण घोषणा

सेभेन सिज सिनेमाको प्रस्तुतीमा ‘रोल नं १’ निर्माण घोषणा

द सिनेमा टाइम्स
126
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बाल मनोविज्ञानमा आधारित रहेर सिनेमा ‘रोल नं १’ निर्माण हुने भएको छ । नेपाली सिनेमाको अर्न्तराष्ट्रिय वितरक कम्पनि सेभेन सिज सिनेमाको प्रस्तुती निर्माण हुने सिनेमाको आइतबार फर्स्टलुक सार्वजनिक गर्दै निर्माणको घोषणा गरिएको हो ।

सिनेमामा जोन योञ्जनको कथा र निर्देशन रहनेछ । फर्स्टलुकमा कक्षा कोठाको लास्ट बेन्चबाट एक बालक हात उठाएर आफ्नो उपस्थिति जनाइरहेको देखाइएको छ । उसको पृष्ठभूमिमा निलो सर्ट लगाएका विद्यार्थी र उनीहरुलाई पढाईरहेकी एक शिक्षिका देख्न सकिन्छ ।

सिनेमामा महेश दवाडीको पटकथा तथा संवाद र प्रशान्त शिवाकोटीको संगीत रहनेछ । सेभेन सिज इन्टरटेनमेन्टले यसअघि निर्माण गरेको सिनेमा ‘अगस्त्य च्याप्टर १’ प्रदर्शनमा आइसकेको छ । यो व्यानरको अर्को सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’को यतिबेला पोस्ट प्रोडक्सनमा छ ।