आठ वर्षपछि कमब्याक गर्दै महानायक राजेश हमाल

आठ वर्षपछि कमब्याक गर्दै महानायक राजेश हमाल

द सिनेमा टाइम्स
133
Shares

द सिनेमा टाइम्स, काठमाडौं । महानायक राजेश हमाल लामो समयको अन्तरालपछि सिनेमामा अभिनय गर्ने भएका छन् । करिब आठ वर्षपछि उनी सिनेमा नगरीमा फर्किन लागेका हुन् ।

दिवाकर भट्टराइले निर्देशन गर्ने सिनेमामा राजेशले काम गर्ने भएका हुन् । सिनेमाको नाम भने सार्वजनिक गरिएको छैन । आज राजेश र निर्माणपक्षबीच कागजी सम्झौता भएको छ ।

राजेशले आठ वर्षपछि गर्ने सिनेमा एक्सन ड्रामा हुनेछ ।

राजेशका लागि यो सिनेमा कमब्याक हुनेछ । किनकी उनको ‘शकुन्तला रिलीज़ भएपछि अरु सिनेमा आएका छैनन् । लामो समयपछि आउने भएकाले यो सिनेमा प्रतिक्षित हुनेछ ।

सिनेमाको कथा, अरु कलाकारबारे अहिले केही पनि बताइएको छैन ।