रमित ढुंगाना निर्देशित ‘नमेटिने घाउ’को फर्स्टलुक्स सार्वजनिक

रमित ढुंगाना निर्देशित ‘नमेटिने घाउ’को फर्स्टलुक्स सार्वजनिक

द सिनेमा टाइम्स
119
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता रमित ढुंगानाको निर्देशन तथा निर्माण रहेको सत्य घटनामा आधारित सिनेमा ‘नमेटिने घाउ’को फर्स्टलुक्स सार्वजनिक गरिएको छ । भदौ ७ गतेबाट प्रदर्शनमा आउने सिनेमाको सोमबार पोस्टर सार्वजनिक भएको हो ।

सिनेमाको सार्वजनिक पोस्टरमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली, प्रहरी उपरीक्षकद्वय बाल नर्सिह राणा र कुमुद ढुंगेल, प्रहरी निरीक्षक जेआर शर्मालगायत सिनेमाका मुख्य कलाकारहरुलाई देख्न सकिन्छ । सिनेमामा प्रधानमन्त्री ओलीका अलावा पूर्वप्रधानमन्त्री माधव नेपाल र सांसदद्धय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीको अभिनय रहेको छ ।

सिनेमा ‘नमेटिने घाउ’ एसिड सर्भाइभरहरुको वास्तविक जीवनीमा आधारित छ । एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथालाई सिनेमामा समेटिएको छ । शिवम् अधिकारीले सिनेमाको कथा लेखेका हुन् ।

सिनेमामा मुस्कान खातुन, प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाई, अपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तीमा कार्की, सुरवीर पण्डित, सुनिल कटुवाल, लिजा कोरानी, एलिसा गुरुङ, विशाल देवकोटा, आरजु अधिकारी, आरजु लेखकको अभिनय छ ।

रमित ढुङ्गाना फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमामा नीरज कँडेलको छायांकन, बनिश शाहको सम्पादन, ओम सुनारको संगीत र किरण ढकालको एक्सन रहेको छ ।