‘मोदीबेनी’को जापान प्रदर्शन अधिकार बिक्री

‘मोदीबेनी’को जापान प्रदर्शन अधिकार बिक्री

द सिनेमा टाइम्स
84
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री वर्षा सिवाकोटी र डेव्यु अभिनेता अमर प्रताप श्रेष्ठको मुख्य भुमिका रहेको सिनेमा ‘मोदीबेनी’को जापान प्रदर्शन अधिकार बिक्री भएको छ । गत शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमाको जापान प्रदर्शन अधिकार सुवास लामिछानेको नेतृत्वमा रहेको कम्पनी भिजोनिया कम्पनी लिमिटेडले किनेको हो ।

सिनेमा निर्देशक शंकर कोइरालाका अनुसार, दर्शकले सिनेमाको थ्रिलिङ पार्टलाई रुचाएका छन् । उनी भन्छन्, ‘पहिलो भागमा क्यारेक्टरको बेस तयार गरेर दोस्रो भागमा थ्रिलिङ दृश्यहरू राखेका थियौं । यसैले दर्शकले ‘सेकेन्ड हाफ’लाई बढी रुचाएको पाएको छु ।’ सिनेमामा उठान गरिएको विषय र विश्वास नै नलाग्ने कथामा दर्शकले मनोरञ्जन लिइरहेको प्रतिक्रिया आफूले पाएको बताए ।

सिनेमा रिलिजपछि कलाकारहरू वर्षा सिवाकोटी, अमर प्रताप श्रेष्ठ, रेजिना उप्रेती लगायत दर्शक भेट्न काठमाडौंका विभिन्न हल पुगेका थिए । कति दर्शकले सिनेमाको दोस्रो भागको पनि डिमान्ड गरेका थिए । शुक्रबार र शनिबार केही शोजमा दर्शक भरिभराउ देखिएका थिए । लास हिँड्छ र बोल्छ भन्ने मिथकमा ‘मोदीबेनी’ निर्माण गरिएको छ ।

नेपालमा सिनेमा रिलिज भएपछि दर्शकबाट राम्रो प्रतिक्रिया मिलेका कारण जापान अधिकार बिक्री भएको सह-निर्माता हरि श्रेष्ठले बताए ।