प्रियंका कार्कीको ‘माईली’ शुभमुहूर्त

प्रियंका कार्कीको ‘माईली’ शुभमुहूर्त

द सिनेमा टाइम्स
154
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सोमबार राजधानीको भद्रकाली मन्दिरमा सिनेमा ‘माइली’को मुहूर्त गरिएको छ । बाबु साहेब बलामीको कन्सेप्ट र निर्देशन रहने सिनेमाको मुहूर्त समारोहमा सिनेमाका कलाकार र प्राविधिकको उपस्थितिमा रहेको थियो ।

रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा बन्ने सिनेमामा प्रियंका कार्की, करिश्मा मानन्धर, शर्मिला मल्ल, कमला घिमिरे, सुष्मा लामा, अंशु महर्जन, कुसुम शर्मा, प्रिया रिजाल, गीता अधिकारी, सरिता भण्डारी, प्रितिका शर्मा, आश्मा पाण्डे र रेश्मा केसीको अभिनय रहनेछ ।

सिनेमाको शुभ-मुहूर्तमा अखिल नेपाल क्रान्तिकारी सिनेमाकर्मी संघका विवेक सापकोटाले क्ल्याप, सवनम मुखियाले क्यामरा, रक्षा सिंह राणाले निर्देशन गर्दा पत्रकार शान्तिप्रियले नरिवल फुटाएका थिए । अभिनेत्री प्रियंका कार्की र डेव्यु कलाकार कमला घिमिरेले मुहूर्त सट दिएका थिए । सिनेमामा प्रियंका र कमला आमाछोरीको भूमिकामा देखिने छन् ।

निर्देशक बलामीले सत्य घटनामा आधारित हुने भनिएको सिनेमामा महिलाको पीडा देखाइने बताए । ‘दलित महिलाको श्रीमान नभएपछि समाजले ऊमाथि कस्तो दृष्टि लगाउछ ? उसका स–साना नाबालक छोरी हुर्काउन कति कठिन हुन्छ ? यहि समाजले जातियताको आडमा कसरी प्रताडित गर्छ भन्ने कथा सिनेमामा देखाइनेछ’, निर्देशक बलामीले भने ।

मंगलबारबाट छायांकन गरिने सिनेमा मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौं र दुबईमा खिचिनेछ । सिनेमामा शंकर अधिकारी ‘घायल’को गीत र पटकथा तथा संवाद, राजेन्द्र बजगाइको संगीत, शिव ढकालको छायांकन, केवलमान सिंह बस्नेतको प्रोडक्सन डिजाइन, समीर मियाँको सम्पादन र रामजी राउतको मुख्य सहायक निर्देशन रहनेछ ।