दक्षिण भारतीय सिनेमा ‘डबल स्मार्ट’को ट्रेलर सार्वजनिक

दक्षिण भारतीय सिनेमा ‘डबल स्मार्ट’को ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स
224
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दक्षिण भारतीय सिनेमा ‘डबल स्मार्ट’को ट्रेलर सार्वजनिक गरिएको छ । यो सिनेमा अगष्ट १५ तारिखबाट विश्वभरका सिनेमा घरमा रिलिज हुँदैछ । सिनेमा तेलुगु, तमिल, कन्नडा, मल्यालम र हिंन्दीसहित ५ भाषामा रिलिज हुँदैछ ।

यो सिनेमा २०१९ मा रिलिज भएको सुपरहित सिनेमा ‘स्मार्ट शंकर’को दोस्रो भाग हो । सिनेमा बलिउड अभिनेता संजय दत्तले ‘बिग बुल’ नामक क्यारेक्टरमा अभिनय गरेका छन् । उनी सिनेमामा भिलेनका रुपमा देखिएका छन् । उनको र राम पोथिनेनीको एक्सन हेर्न दर्शक उत्सुक रहेको सिनेमाको सार्वजनिक ट्रेलरबाट बुझ्न सकिन्छ ।

पुरी जगन्नाथले निर्देशन गरेको सिनेमामा राम पोथिनेनी र सञ्जय दत्तका अलवा काव्या थापर र वाणीको मुख्य भूमिका छ । यो सिनेमाको प्रतिस्पर्धा उत्तर भारतमा राजकुमार राव र श्रद्धा कपुरको ‘स्त्री २’, अक्षय करमारको ‘खेल खेल में’ र जोन अब्राहमको ‘वेदा’सँग हुँदैछ । यो सिनेमा तमिल सिनेमा ‘तंगलान’ पनि रिलिज हुँदैछ । चियान विक्रमको मुख्य भुमिका रहेको सिनेमा हिंन्दी सोही दिन रिलिज हुने कि नहुने कर्न्फम भएको छैन् ।