युकेको भिसा रिजेक्ट भएपछि ‘सनअफ सरदार २’ बाट बाहिरिए संजय

युकेको भिसा रिजेक्ट भएपछि ‘सनअफ सरदार २’ बाट बाहिरिए संजय

द सिनेमा टाइम्स
560
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता संजय दत्त ‘सनअफ सरदार २’ बाट बाहिरिएका छन् । हाल यो सिनेमाको युकेमा छायांकन भैरहेको छ । युके सरकारले संजय दत्तको भिसा रिजेक्ट गरेपछि उनी सिनेमाबाट बाहिरिएका हुन् ।

उनका साथै यो सिनेमाबाट अभिनेत्री सोनाक्षी सिंन्हा पनि बाहिरिएकी छन् । उनको ठाउँमा अर्की अभिनेत्री मृणाल ठाकुरको प्रवेश भएको छ । यस्तै, बलिउड अभिनेता संजय दत्तलाई भने भोजपुरी अभिनेता रवी किशनले रिप्लेस गरेका हुन् । बलिउड अभिनेता अजय देवगणले ‘सनअफ सरदार २’को छायांकन सुरु भएको जानकारी दिएसँगै सिनेमाबाट यी दुई कलाकार आउट भएको खबर सार्वजनिक भएको छ ।

बलिउड मिडियाका अनुुसार १९९३ मा भएको मुम्बई बम बिष्फोटमा नाम जोडिनुका साथै कानुन विपरित हतियार राखेको आरोपमा दोषि ठहर गरेका कारण संजयको भिसा रिजेक्ट भएको उल्लेख गरेका छन् ।

सिनेमाको छायांकन सुरु भैसक्दा पनि युके सरकारले संजयलाई नदिएको खुलेको हो । यो सिनेमालाई विजय कुमार अरोडाले निर्देशन गरिरहेका छन् ।