चियान विक्रमको ‘थंगलान’ नेपाल रिलिज कर्न्फम

चियान विक्रमको ‘थंगलान’ नेपाल रिलिज कर्न्फम

द सिनेमा टाइम्स
259
Shares

द सिनेमा टाइम्स, काठमाडौं – तमिल सुपरस्टार चियान विक्रमको मुख्य भुमिका रहेको सिनेमा ‘थंगलान’को नेपाल रिलिज कर्न्फम भएको छ । सिनेमाको नेपाल प्रदर्शन अधिकार ब्यांकटेश इन्टरटेनमेन्टले किनेको हो ।

अगष्ट १५ बाट विश्वभरका सिनेमा घरमा रिलिज हुनेछ । यो सिनेमाले केजिएफको यर्थात कथा उठान गरेको छ । सिनेमाको सार्वजनिक ट्रेलरले दर्शकमाझ राम्रो चर्चा पाइरहेको छ । तमिल बक्सअफिसमा सिनेमाले बम्पर ब्यापार गर्ने चर्चा बलिउड मिडियामा भैरहेको छ ।

बलिउडका तीन ठुला सिनेमा ‘स्त्री २’, ‘खेल खेल में’, र ‘वेदा’ रिलिज हुने भएपछि उत्तर भारत अर्थात् हिंन्दी भाषी दर्शकमाझ यो सिनेमा रिलिज हुने कि नहुने पक्का भैसकेको छैन् । तर, नेपालमा भने यो सिनेमा हिंन्दीमा रिलिज पक्का भैसकेको छ । सिनेमाप्रति नेपाली दर्शकको चासो र उत्साह देखेर नेपाल रिलिज गर्न लागेको वितरक कम्पनिले जानकारी दिएको छ ।

पा.रञ्जितले निर्देशन गरेको सिनेमामा विक्रमका अलवा माल्भिका मोहननको पनि मुख्य भुमिका रहेको छ ।