‘१२ गाउँ’को क्यारेक्टर पोस्टरले गरेको यो संकेत

‘१२ गाउँ’को क्यारेक्टर पोस्टरले गरेको यो संकेत

थिम पोस्टरले सिनेमाको हाइ बजेटमा बनेको संकेत गरेको छ । यसले सिनेमा प्रतिक्षित बन्ने संकेत गरेको छ । विराजले नेपाली सिनेमा इतिहासकै उच्च स्तरीय एक्सन सिनेमा ‘१२ गाउँ’ हुने यसअघि नै बताइसकेका छन् ।

द सिनेमा टाइम्स
1.8k
Shares

सिनेमा टाइम्स,काठमाडौं । एक्सन स्टार विराज भट्ट यो पटक दशैँमा नयाँ सिनेमा लिएर दर्शकमाझ आउँदैछन् । उनी दसैँमा एक्सनड्रामा१२ गाउँलिएर आउँदैछन्

१२ गाउँसँगै विराजले यो पटक नेपाली सिने नगरीमा एक्सन स्टारलाई पनि लिएर आउँदैछन् उनी हुन्, समीर भट्ट नाताले समीर विराजका छोरा हुन्

उही सिनेमा१२ गाउँको थिम पोस्टर (क्यारेक्टर लुक्स झल्किने) गत बिहीबार निर्माण टिमले सार्वजनिक गरेको थियो जसमा एक्सनस्टार विराज उनका छोरा समीर छन् जो एकअर्काप्रति आमने सामने छन् तलदेखि माथि कालो गेटअपमा समीर छन् भने सेतो टिसर्ट कालो जिन्समा विराज छन् जसले एकले अर्कोलाई हेरिरहेका छन्

दुवै एंग्री लुक्समा छन् रगतमा लतपतिएका उनीहरू एक्सन लुक्समा देखिएका छन् तुलनात्मक रूपमा समीर भन्दा विराजको शरीरमा रगत धेरै तलपतिएको

उनीहरूको अगाडि एक युवती छिन्, जो आपतमा छिन् डाको छोडेर रोइरहेकी छन् जसको अनुहारभरी माटैमाटो लाग्छ, उनी जीवनको भिख मागिरहेकी छिन् विराज उनीसँग बदला लिएरहेका छन् अथवा केही बकाइरहेको जस्तो देखिन्छ

पृष्ठभूमीमा पहाडको फेदीमा एउटा गाउँ एक अर्कोसँग घर जोडिएको बाक्लो गाउँछ जुन गाउँका घरमा आगो लागिरहेको देखिन्छ कुनै अर्को पक्ष (ग्याङ)ले आगो लगाइरहेको त्यसको एक सदस्यको रुपमा ती युवती फेला परेपछि केरकार गरिरहेको जस्तो थिम पोस्टरले संकेत गरेको

पहाडको टुप्पोमा गुम्माजस्तो देखिन्छ, तर धुँवाले घुरमैलो देखिएकाले त्यो गुम्वा हो वा रिसोर्ट भन्ने प्रष्ट छैन

आगो लागिरहेको गाउँ रियल गाउँ नभएर सेट लगाएजस्तो देखिन्छ, यसले सिनेमाको प्रोडक्सन भ्यालु हाइ रहेको संकेत गर्छ सिनेमा एक्सन ड्रामा हुनु, ब्रान्ड भ्यालु भएका सिनेमा आउँदा त्यसकै सेरोफेरोमा आउने घोषणा गर्नु, एक्सन स्टार जन्माउने उद्देश्यले समीर भट्टलाई लञ्च गर्नुले सिनेमा उच्च क्वालिटीको बन्ने आत्मविश्वास हुनु हो

थिम पोस्टरले सिनेमाको हाइ बजेटमा बनेको संकेत गरेको यसले सिनेमा प्रतिक्षित बन्ने संकेत गरेको विराजले नेपाली सिनेमा इतिहासकै उच्च स्तरीय एक्सन सिनेमा१२ गाउँहुने यसअघि नै बताइसकेका छन्

विराज भट्टको निर्देशनमा निर्माण भइरहेको सिनेमा१२ गाउँको टिजर चाँडै सार्वजनिक गरिने भएको

यो सिनेमाबाट दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का मोडल सनिशा भट्टराईले पनि डेव्यु गर्दैछन् सिनेमामा विराज, समीर, न्यान्सी सनिशासँगै मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंगशाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार स्टन्ट शिल्भाको अभिनय रहनेछ

विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतिमा निर्माण भएको सिनेमामा अर्जुन पोखरेल निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ

सिनेमामा विराज स्वंयमको कथा सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको

एक्सनथ्रिलर कथामा बन्न लागेको सिनेमाका लागि विराजले भारतबाट द्वन्द्व निर्देशक ल्याएका छन् तमिल तथा कन्नड सिनेमामा द्वन्द्वनिर्देशक भएर काम गरेका स्टन्ट सिल्भालाई द्वन्द्व निर्देशनमा शंकर महर्जनले सघाएका छन्

महेश पौडेल छायांकन रहेको सिनेमाको काठमाडौं, ललितपुर, विरगञ्ज हेटौंडामा छायांकन गरिएको सिनेमाको वितरण काफियाफिल्मस् कुवेर सिने डिष्ट्रिव्युसनले गर्नेछ