‘नमेटिने घाउ’को दोस्रो पोस्टरमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल

‘नमेटिने घाउ’को दोस्रो पोस्टरमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल

द सिनेमा टाइम्स
77
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सत्य घटनामा आधारित सिनेमा ‘नमेटिने घाउ’को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल लगायत सिनेमाका मुख्य कलाकारहरु अटाएका छन् ।

आगामी भदौ ७ गते बाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘नमेटिने घाउ’को यसअघि सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसहितको पोस्टर सार्वजनिक गरिएको थियो । अभिनेता रमित ढुंगानाको निर्देशन तथा निर्माण रहेको सिनेमा ‘नमेटिने घाउ’ एसिड सर्भाइभरहरुको वास्तविक जीवनीमा आधारित छ ।

सिनेमामा मुस्कान खातुन, प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाई, अपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तीमा कार्की, सुरवीर पण्डित, सुनिल कटुवाल, लिजा कोरानी, एलिसा गुरुङ, विशाल देवकोटा, आरजु अधिकारी ,आरजु लेखक लगायतको अभिनय रहेको छ ।

सिनेमा ‘नमेटिने घाउ’मा प्रधानमन्त्री ओलीका अलावा पूर्व प्रधानमन्त्री माधव नेपाल, देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीसमेत अभिनय रहेको छ । सिनेमामा प्रहरी उपरीक्षकद्वय बाल नसिंह राणा र कुमुद ढुंगेल, प्रहरी निरीक्षक जेआर शर्मा लगायतका प्रहरीको अभिनय रहेको छ ।

रमित ढुङ्गाना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको सिनेमामा नीरज कँडेलको छायांकन, बनिश शाहको सम्पादन, ओम सुनारको संगीत र किरण ढकालको एक्सन छ । सिनेमामा एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथालाई समेटिएको छ । सिनेमामा शिवम् अधिकारीको कथा लेखन रहेको छ ।